logo
२०७७ श्रावण २८ बुधवार

नेकपा स्थायी कमिटी बैठक शुरु

पढ्नै पर्ने |


2020-07-02-17666
फाइल तस्बिर


लक्की चौधरी

काठमाडौँ, असार १८ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक बालुवाटारमा शुरु भएको छ । बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अध्यक्षता गर्नुभएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा अ‍ोली शीतलनिवासबाट भर्खरै बालुवाटार फर्किनुभएको उहाँको सचिवालयले जानकारी गराएको छ ।

लगत्तै मन्त्रिपरिषद बैठक बस्ने भएपछि आजको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा अ‍ोली केहीबेरपछि मात्र सहभागी हुनुहुनेछ । दिउँसो १ बजेका लागि राष्ट्रिय सभाको बैठक पनि आव्हान गरिएकाले केही स्थायी कमिटीका सदस्यहरू बैठक छाडेर केहीबेरमा संसद भवनतिर लाग्नुहुनेछ ।

नेकपा स्थायी कमिटी सदस्य तथा संसदीय दलका प्रमुख सचेतक देव गुरुङका अनुसार बैठकमा नेताहरूले धारणा राख्ने क्रम शुरु भएको छ । मन्त्रिपरिषदको बैठक पनि बालुवाटारमै बस्दैछ । प्रधानमन्त्री ओली परामर्शका लागि शीतलनिवास जानुभएपछि निर्धारित अपरान्ह १२ बजेको समय घर्केको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?