logo
२०७७ असार २९ सोमवार

कर्णालीमा थप २६ जनामा कोरोना सङ्क्रमण

पढ्नै पर्ने |


2020-06-26-17297


मनु हमाल

सुर्खेत, असार १२ गते । कर्णाली प्रदेशमा थप २६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएकाे छ । सामाजिक विकास मन्त्रालयको प्रदेश स्वास्थ्य सेवा महाशाखाका अनुसार शुक्रबार थप २६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । योसँगै प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४३३ पुगेको छ ।

कर्णाली प्रदेश अस्पताल र पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएको परीक्षणमा सुर्खेतका १२, दैलेखका पाँच, सल्यानका तीन, जाजरकोटका दुई र मुगुका एक जनामा कोरोना सङ्क्रमण देखिएको छ । यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका एक र जुम्लामा रहेका काठमाण्डौँ र सुर्खेतका एक/एक जनामा कोरोना सङ्क्रमण देखिएको छ ।

अहिलेसम्म सबै प्रदेशका सबै जिल्लामा कोरोना सङ्क्रमण देखिएको छ । सबैभन्दा बढी दैलेखमा ७६० पुगेको छ । सुर्खेतमा ३४०, सल्यानमा १७७, कालिकोटमा ४७, जुम्लामा ३०, जाजरकोटमा १३, हुम्लामा दुई जना, मुगुमा तीन, डोल्पा र रुकुमपश्चिममा एक/एक जना कोरोना सङ्क्रमित रहेका छन् । अन्य प्रदेशका विभिन्न जिल्लाका ५९ जना रहेका छन् ।

यस्तै, शुक्रबार २८ जना कोरोना सङ्क्रमणमुक्त भएर घर गएका छन् । दैलेख अस्पताल र नारायण क्याम्पसमा रहेको आइसोलेसन सेन्टरबाट नौ जना, सुर्खेतमा रहेका विभिन्न आइसोलेसनबाट १८ जना डिस्चार्ज भएका हुन् । कर्णालीमा कोरोनामुक्त भएर घर जानेको सङ्ख्या ७२० पुगेको छ । कोरोना सङ्क्रमणका कारण छ जनाको मृत्यु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?