logo
२०८१ बैशाख ७ शुक्रवार



युएईबाट १६८ नेपाली बोकेको विमान उड्यो, ५:१५ मा अवतरण

विदेश |
पढ्नै पर्ने |


युएईबाट १६८ नेपाली बोकेको विमान उड्यो, ५:१५ मा अवतरण


चाँदनी हमाल
काठमाडौँ, जेठ २३ गते । बिहान स्थगित भएको युएईको जहाज १६८ जना नेपाली नागरिक लिएर अब केही बेरमा नेपालमा उत्रँदैछ ।
युएईको सारजहाँ एयरपोर्टबट १६८ जना नेपाली नागरिक लिएर उडेको परराष्ट्र मन्त्रालयका सहसचिव हरिश्चन्द्र घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाली फिर्ता ल्याउने प्रक्रियामा दुवैतर्फ कुरा मिलेकाले उडान समय परिवर्तन गरेर भएपनि नेपाली नागरिकको उद्धार गरिएको हो ।
यसअघि अन्तिम समयमा भाडाको विषयमा कुरा उठेपछि उडान स्थगित भएको थियो । युएइबाट उडेको एयर अरेबियाको जहाज करिब ५ः१५ बजे नेपालमा उत्रने त्रिभुवन विमानस्थलले जनाएको छ ।
युएइबाट नेपाल भित्रने नेपाली नागरिकलाई विमानस्थलमै प्रदेश स्तरमा बाँडफाँड गरी नेपाली सेनाको टोलीले होल्डिङ सेन्टर पुर्याउने सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले बताउनुभयो ।
यसअघि म्यानमारबाट २६ जना नेपाली नागरिक आज नेपाल फर्केका थिए । तेस्रो मुलुकबाट नेपाली नागरिक स्वदेश फर्काउने अभियान अनुसार नेपाली स्वदेश फिरेका हुन् ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?