logo
२०८० चैत्र १६ शुक्रवार



दैलेखका १०५ र मुगुका एक गरी १०६ जनामा सङ्क्रमण पुष्टि

पढ्नै पर्ने |
प्रदेश |


दैलेखका १०५ र मुगुका एक गरी १०६ जनामा सङ्क्रमण पुष्टि


नेत्र शाही
जुम्ला, जेठ २२ गते । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल, जुम्लामा गरिएको पछिल्लो कोरोना परीक्षणमा थप १०६ जनामा सङ्क्रमण देखिएका छ ।
प्रतिष्ठानको प्रयोगशाला विभागले प्रकाशन गरेको नतिजा अनुसार दैलेखमा १०५ जनामा सङ्क्रमण देखिएकाे छ । मुगुमा पनि एक जनामा काेराेना सङ्क्रमण भएकाे छ । 

सङ्क्रमित हुनेमा दैलेख नारायण नगरपालिकाका ६९ जना रहेका छन्, जसमा पाँच जना महिला छन् । त्यस्तै, दैलेखकाे देवलकाँडाका १२ जना, सोतका नाै जना, मानटाकुराका सात जना, साँडुका २ जना, भगनीका पाँच जना, बासकोटका एक जना रहेका छन् । मुगु खत्याडका एक जना पुरुषमा पनि काेराेना सङ्क्रमण पुष्टि भएकाे छ ।

यसअघि विभिन्न समयमा प्रतिष्ठानमै परीक्षण गरिएका दैलेख, कालिकोट, जुम्लासहितका जिल्लाका १०७ जनाको रिपोर्ट पोजिटिभ आएको थियो । आज एकैपटक १०६ जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएपछि कुल २१३ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?