logo
२०८१ बैशाख ७ शुक्रवार



सामाजिक दूरी कायम गर्दै व्यवसाय (फाेटाे फिचर)

फिचर |


सामाजिक दूरी कायम गर्दै व्यवसाय (फाेटाे फिचर)
शब्द/तस्बिरः सुजन गुरूङ/गोरखापत्र


काठमाडौँ, जेठ २० गते । कोरोनाभाइरसको सङ्क्रमणबाट बच्ने निकै प्रभावकारी तरिका सामाजिक दूरी कायम गर्नु हो । एक व्यक्ति र अर्को व्यक्तिबीचको सामाजिक दूरी कायम गर्दा सङ्क्रामक रोगहरूबाट बच्न सकिन्छ ।  यस समयमा यस्तो नियमको पालना हरेक व्यक्तिले गर्नु नै रोगको सङ्क्रमणबाट आफूलाई बचाइराख्नु हो ।

यस सन्दर्भमा राजधानीको एक पेट्रोल पम्पमा कोरोना भाइरसको सङ्क्रमणबाट आफू पनि बाँच्न र ग्राहकहरूलाई पनि बचाउनका लागि सम्पूर्ण सुरक्षा उपायहरू अपनाइएको पाइयाे । यहाँ पेट्रोल पम्पका कर्मचारीहरूले कोरोनाभाइरसको सङ्क्रमणबाट बच्नका लागि पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पिपिई), फेस सिल्ड, माक्स र पञ्जाको प्रयोग गरेका छन् भने तेल भर्न आएका ग्राहकहरूलाई सामाजिक दूरी कायम गर्न आग्रह गरी सूचनाहरू टाँसिएका छन् ।

त्यसै गरी, पैसाको आदानप्रदानका लागि थालमा पैसा राखिन्छ र त्यसलाई पूर्ण रुपमा स्यानिटाइज गर्ने गरिन्छ । अन्य सार्वजनिक स्थल जस्तै, पेट्रोलपम्प पनि मानिसहरूको भिड हुने ठाउँ भएकाले सङ्क्रमण फैलने धेरै सम्भावना हुने हुँदा आफू बच्न र ग्राहकलाई पनि बचाउनका लागि सम्पूर्ण सुरक्षा उपायहरू अपनाइएको बताउनुहुन्छ यस पेट्रोल पम्पका एक कर्मचारी ।

शब्द/तस्बिरः सुजन गुरूङ/गोरखापत्र

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?