logo
२०७७ असोज ४ आईतवार

हजुरआमाको सीपले आर्जेको आय

खुला |


2020-05-30-15355


यलु जोशी

काठमाडौँ, जेठ १७ गते । सत्तरी काटेपछि ज्येष्ठ नागरिकले काम गर्नु हुन्न भन्ने भनाइलाई चुनौती दिँदै ७० वर्ष उमेर काटेका हजुरआमाले जानेको सीप उपयोग गरी कमाइ गर्न थाल्नुभएको छ ।
आफ्ना नाति नातिनीका लागि मात्रै लुगा, मोजा वा कुनै पनि सरसामान बनाउँदै आउनुु भएकोमा अब उहाँहरूले अरूका लागि पनि बनाउन थाल्नुुभएको छ । डल्लु निवासी ८० वर्षीय रामकुमारी श्रेष्ठले ढाकाको रुमाल बनाउनुहुन्छ । आफूूमा भएको सीपले यो उमेरमा पनि आम्दानी गर्न सकेकोमा उहाँ दङ्ग हुनुहुन्छ । खाली समयको उपयोग हो, श्रेष्ठ थप्नुहुन्छ, ‘बन्दाबन्दीको समयमा सबै घरमा हुने भएकाले मैले जानेको सीप परिवारका सदस्यलाई पनि सिकाइ दिएकी छु । ’
उहाँ मात्र होइन डल्लु निवासी पञ्चरत्न ताम्राकारले स्वयम्भू, पञ्चबुद्ध र धर्मचक्रका साना–साना आकृति बनाउनुुहुन्छ । यस्तै, लुभुकी राममाया महर्जनले परालका सुकुल र मुडा, एकान्तकुनाकी सिरो मोक्तानले बिरुवा झुन्ड्याउने ह्याङ्गर र गणबहालकी दिलहीरा तुलाधरले बालबालिकाका पहिरन सिलाउनुुहुन्छ । यस्तै, ८४ वर्षीया दिलहीरा तुलाधरले सिलाउनु भएको ढाकाको ब्ल्याङ्केट गर्मी महिनामा पनि बालबालिकाका लागि उपयोगी हुन्छ । उहाँले भन्नुभयो, ‘‘पैसाभन्दा पनि आफूूमा भएको सीपलाई जोगाएकी हुँ, अलि कमाइ पनि हुने, आफूूलाई यो काममा खुुसी राखेकी छु । ’’
७६ वर्षीया चम्पादेवी मोजा बुन्नुहुन्छ तर ती कसैका लागि उपहार होइन, त्यो उहाँका लागि आयस्रोत बनेको छ । आफ्नी हजुरआमाजस्तै अरू ज्येष्ठ नागरिकका वर्षौंका अनुभवलाई सँगालेर उनीहरूलाई आर्थिक रूपमा समेत सबल बन्न सहयोग गर्न स्थापितले अरू मानिसलाई पनि यस उद्यममा समावेश गर्ने सोच्नुभएको छ ।
अहिले ३० जना ज्येष्ठ नागरिक आफूले जानेका सामान बनाउँछन् । अजिज संस्थाले तिनलाई बजारसम्म पु¥याउने काम गर्छ । नेपालमा मात्र नभई अमेरिकामा समेत यी उत्पादनले राम्रो बजार लिइरहेका छन् । ‘‘हाम्रो समाजमा ज्येष्ठ नागरिकलाई अरूमा निर्भर हुने समूहका रूपमा हेरिन्छ । ज्ञान, सिर्जना र सीप पुरानो मानेर काम गर्न दिइन्नँ, उहाँ भन्नुहुन्छ तर उहाँहरू पनि समाजको सशक्त सदस्य हुन सक्नुहुन्छ भनेर चिनाउन निकै जरुरी छ । यही सोच बदल्न अजिज स्थापना भएको हो । ’  

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?