logo
२०८१ बैशाख १३ बिहीवार



अमेरिकामा कोरोनाबाट एक लाख भन्दा बढीको मृत्यु

अन्तर्राष्ट्रिय |
पढ्नै पर्ने |


अमेरिकामा कोरोनाबाट एक लाख भन्दा बढीको मृत्यु


गोरखापत्र अनलाइन
काठमाडौं, जेठ १५ गते । सङ्क्रमण सुरु भएको चार महिनामा संयुक्त राज्य अमेरिकामा कोरोनाभाइरसबाट एक लाख व्यक्तिको मृत्यु भएको छ । कोरोनाभाइरसको सङ्क्रमणबाट एकै राष्ट्रमा मृत्यु भएको यो सबैभन्दा बढी हो ।
विश्वमा कुल सङ्क्रमितको करिब ३० प्रतिशत १६ लाख ९० हजार सङ्क्रमित मात्रै संयुक्त राज्य अमेरिकामा दत्र्ता गरिएको छ । अमेरिकामा पहिलो सङ्क्रमित जनवरी २१ मा फेला परेको थियो । कोरोनाभाइरसबाट विश्वभरि ५६ लाख सङ्क्रमित छन् । विश्वमा मृतकको संख्या तीन लाख ५४ हजार ९८३ छन् । अमेरिकामा बुधबारसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट मृतकको संख्या एक लाख ४७ जना पुगेको छ ।
बीबीसीका अनुसार कोरोनाभाइरसबाट मृत्यु भएकाको संख्या कोरिया, भियतनाम, इराक र अफगानिस्तानसँग पछिल्लो ४० वर्षको अवधिमा भएको युद्धमा ज्यान गुमाउने अमेरिकीको संख्या जत्तिकै हो । रोयर्टसको अध्ययन बमोजिम आइतबारसम्म अमेरिकाको २० राज्यमा सङ्क्रमितको संख्या वृद्धि भएको छ ।
उत्तरी केरोलिना, विस्कोन्सिन र आर्कन्सासमा सङ्क्रमितको संख्या अझै बढी देखिएको छ । वाशिंगटन डीसी, लास एन्जेलेस र सिकागो जस्ता शहरमा सङ्क्रमितको संख्या अझै बढी देखिएको छ । २१ हजार मृत्युको सामना गरेको न्युर्योक शहरमा दैनिक सङ्क्रमितको संख्यामा भने कमी आएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो प्रशासनले सक्रियता नदेखाएको भए मृतकको संख्या २५ गुणासम्म बढ्न सक्ने दाबी गर्नुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?