logo
२०८० चैत्र १६ शुक्रवार



सिरियाको उत्तरपश्चिमी भूभागमा छ जना अतिवादी मारिए

अन्तर्राष्ट्रिय |


सिरियाको उत्तरपश्चिमी भूभागमा छ जना अतिवादी मारिए


बेरुत, जेठ १४ गते। सिरियाको उत्तरपश्चिमी क्षेत्रमा बुधबार भएको विस्फोटमा परी छ जना अतिवादी मारिएका छन् । ती अतिवादीहरू सिरियाका नभएर बाहिरका भएको बताइएको छ । अतिवादीहरूका हतियार राख्ने स्थानमा सो विस्फोट भएको बताइएको छ ।
सो स्थानमा केही दिन यतादेखि रुसी युद्धक विमानहरू उड्ने गरेको थियो । तर बुधबारको विस्फोटमा उक्त विमानको हात छ या छैन भन्ने विषयमा भने केही बताइएको छैन । सिरियाको अवस्थाको बारेमा अध्ययन गरिरहेको बेलायत कार्यालय रहेको एक मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले उक्त हमलामा रुसी विमानको हात थियो या थिएन भन्ने कुरा पत्ता नलागेको बताएको छ ।
ती अतिवादीहरू टर्किस् इस्लामिक पार्टीआबद्ध रहेको अधिकारीहरूले जनाएका छन् । सिरियाली अधिकारीहरूले त्यो हतियार भण्डारण गरिएको स्थानभित्रै भएको विस्फोटका कारणले उनीहरूको निधन भएको हो या अरु कसैको हात छ भन्ने बारेमा बुझ्न नसकिएको बताएका छन् ।
उक्त विस्फोटन भएको स्थल सिरियाको इदलिब प्रान्तमा पर्दछ । इदलिब प्रान्तमा गएको मार्च महिनामा युद्ध विराम भएको भनिएको छ । तर पनि त्यहाँ आक्रमणका घटना भने रोकिएको छैन । करीब ३० लाख नागरिकको बसोबास रहेको उक्त प्रान्तमा पछिल्लो समय कोरोना भाइरसको प्रकोपका कारण आक्रमणका घटनामा केही कमी आएको बताइएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?