logo
२०८१ बैशाख ७ शुक्रवार



बाग्लुङका ६ जनामा सङ्क्रमण पुष्टि, सबै भारतबाट आएका थिए

पढ्नै पर्ने |


बाग्लुङका ६ जनामा सङ्क्रमण पुष्टि, सबै भारतबाट आएका थिए


चन्द्रप्रकाश शर्मा
पोखरा, जेठ १४ गते । बाग्लुङमा थप ६ जनामा कोरोना भाइरस कोभिड -१९ सङ्क्रमण पुष्टि भएको छ । नेपालको पाँचौ र छैठौ संक्रति भेटिएको बाग्लुङमा पछिल्लो पटक थप ६ जनामा सङ्क्रमण पुष्टि भएको हो । पोखरास्थित गण्डकी प्रदेश प्रयोगशालामा गरिएको परीक्षणमा बाग्लुङको तमानखोला गाउँपालिकाका चार जना र बडिगाढ गाउँपालिकाका दुई जनामा सङ्क्रमण भेटिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ ।

निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माका अनुसार सङ्क्रमण पुष्टि भएका बडिगाढ गाउँपालिकाका १९, २० वर्षका पुरुष र तमानखोलाका २१, २१, २७ र २७ वर्षका पुरुष रहेका छन् । सङ्क्रमित सबै भारतमा रेल सेवा सञ्चालनमा आएपछि भारतका विभिन्न शहरबाट नेपाल भारत सिमा सुनौली नाकाबाट नेपाल प्रवेश गरेका थिए । सुनौलीबाट प्रदेश ५ को गुल्मी र बाग्लुङको सीमा खर्वाङ हुँदै जिल्ला प्रवेश गरेका सबै क्वारेन्टाइनमा बसेका थिए ।

सङ्क्रमित मध्य चार जना तमानखोला गाउँपालिकाको धनगौज्योती माध्यामिक विद्यालयमा रहेको क्वारेन्टाइन र दुई जना बडिगाढ गाउँपालिकाको त्रिभुवन माध्यामिक विद्यालयको क्वारेन्टाइनमा रहेका थिए । तमाखोलामा ८ जनाको समूह भारतबाट आएको र ति मध्य चार जनामा सङ्क्रमण देखिएको गाउँपालिकाका अध्यक्ष जोकलाल बुढाले जानकारी दिनुभयो । यस्तै बडिगाढमा पनि आठ जनाको समूह भारतबाट आएको र तीमध्ये दुई जनामा सङ्क्रमण देखिएको गाउँपालिका अध्यक्ष मेहरसिँह पाइजाले जानकारी दिनुभयो ।

सङ्क्रमित छ जनालाई नै बाग्लुङ जिल्ला सदरमुकामको धौलागिरी अस्पतालको आइसाेलेसनमा ल्याउने तयारी गरिएको स्थानीय तहहरूले जनाएका छन् । बाग्लुङमा यस अगाडि सङ्क्रमित भएका दुई जना निको भएर घर फिर्ता भइसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?