logo
२०८१ बैशाख ८ शनिवार

    गोरखापत्र स्थलगत अनुगमन    



लकडाउन गतिविधि : हावा खानेदेखि आँखा छल्नेसम्म

मुख्य समाचार |


लकडाउन गतिविधि : हावा खानेदेखि आँखा छल्नेसम्म


यलु जोशी

काठमाडौँ, वैशाख १९ गते । ‘कहाँ जाँदै हुनुहुन्छ ? पास देखाउनुस्?’ बिहीबार दिउँसो १२ बजेतिर भद्रकाली नजिकैबाट जाँदै गरेको गाडी रोकेर प्रहरीले प्रश्न ग¥यो ।
‘बिरामीलाई औषधि पु¥याउन हिँडेका पास छैन’ गाडीमा यात्रारत दुई युवतीले जवाफ फर्काए । ‘कुन अस्पताल हो ? बिरामीलाई फोन गर्नूस् त ?’ प्रहरीले आग्रह ग¥यो । यात्रु अलमलमा परे । उनीहरूले ढाँटेको पुष्टि भएपछि दुवैलाई एक घन्टा ‘होल्ड’मा राखेर छाडिएको थियो । काठमाडाँैंमा पछिल्लो केही दिन यता उनीहरूले जस्तै बन्दाबन्दी उल्लङ्घन गर्ने क्रम बढेको छ । प्रहरीको तथ्याङ्क अनुसार बिहीबार मात्र बन्दाबन्दी उल्लङ्घन गर्ने दुई हजार जना कारबाहीमा परेका छन् । सोमबार गृह मन्त्रालयले लकडाउन कडा गर्न आदेश दिएपछि प्रहरी प्रशासनले सबैलाई सोधपुछ गर्नुको साथै कारबाही पनि गर्न थालेको छ । सरकारले अत्यावश्यक काम र अस्पतालमा आकस्मिक उपचार लिनबाहेक घरबाहिर ननिस्कन अनुरोध गरे पनि सडकमा गाडीको सङ्ख्या बाक्लै देखिन्छ ।
भद्रकालीमा सोधपुछमा व्यस्त ट्राफिक प्रहरीका प्रहरी नायव निरीक्षक विजय गौतमले हामी नेपाली जनताको सुरक्षा चाहन्छौँ, त्यसैले सुरक्षा जाँचमा कडाइ गरिएको हो भन्नुभयो । उहाँले अत्यावश्यक कामका लागि बाहिर निस्कनेलाई भने मानवताको हिसाबबाट पठाउने गरेको तर छलकपट गर्नेलाई केही समय होल्डमा राखेर जहाँबाट आएको हो उतै पठाउने गरेको जानकारी दिनुभयो ।
कोरोना भाइरस (कोभिड–१९) विरुद्ध सरकारले बन्दाबन्दीको अवधि बढाएर वैशाख २५ गतेसम्म पु¥याएको छ तर सडकमा सवारी साधन बाक्लिन थालेका छन् । पासको पनि दुरुपयोग भइरहेको छ । अत्यावश्यक सेवामा सञ्चालन हुने सवारी साधनलाई विगतमा जिल्ला प्रशासन कार्यालयले सवारी पास दिने गरे पनि हिजोआज लगभग बन्द छ ।
बन्दाबन्दी केही खुकुलो हुनसक्ने भन्दै मानिसको गतिविधि काठमाडौँ उपत्यकाभरि नै बढ्न थालेपछि प्रहरीले लकडाउन थप कडा बनाएको छ । प्रहरी र ट्राफिक प्रहरी दुवैले चेकिङ कडा पारेका छन् । सडक खाली भएकाले तीव्र गतिमा गाडी दौडने तथा जाँच गर्न कठिन हुने भएपछि गाडी गुड्ने भाग नियन्त्रित गरिएको छ । सुरक्षाकर्मीले गुडेका सवारीको पास पूरै परीक्षण गरेर मात्र छाडिरहेका छन् । कतिपय हावा खान पनि बिना काम हिँडिरहेका छन् ।
बानेश्वर चोकमा पनि दुईपाङ्ग्रे गाडी होल्डमा राखिरहेको थियो । सात महिनाकी गर्भवती निकिता थापाले बन्दाबन्दी भए पनि आफूलाई अस्पताल आवतजावतमा कठिनाइ नभएको बताउनुभयो । बन्दाबन्दीमा पनि प्रहरीको आँखा छलेर सेल्फी खिच्ने, हावा खान भनेर डुल्ने पनि देखिए । बबरमहलमा सेल्फी खिच्दै गर्नुभएका आकाश अधिकारी (नाम परिवर्तन) ले पछि आरकाइभको लागि फोटो खिचेको बताउनुभयो । उहाँले बन्दाबन्दीमा हाम्रो सडक यस्तो थियो भनेर पछि हाम्रा छोराछोरीलाई देखाउने पनि जानकारी दिनुभयो ।
ठिमी वृत्तका प्रहरी नायव निरीक्षक एकता न्यौपानेका अनुसार लोकन्थली मनोहरा पुल नाका भएकाले यहाँबाट धेरै सवारी साधन चल्ने गर्छन् । काभ्रे, बनेपाबाट पनि कार्यालय जानुपर्ने भएकाले धेरै आवतजावत हुने उहाँले जानकारी दिनुभयो । उहाँले अरू बेला शनिबार जति गाडी चल्छन् त्यस्तै नै अहिलेको अवस्था छ भन्नुभयो । यहाँ त बिहान बेलुका भाइरसले छुदैन र दिउँसो मात्र छुन्छ भन्ने अवस्था छ । बिहान र बेलुका त सवारी साधनको जामै हुनुका साथै मानिसको ताँती नै लाग्नेगर्छ । विभिन्न मन्त्रालय, सिंहदरबार, अस्पतालका कर्मचारी धेरै हुन्छन् । बिहान ८ देखि १ बजेसम्म र बेलुका ४ देखि ६ बजेसम्म जाम हुन्छ । कार्यालय जहाँ छ त्यहीँ कर्मचारीलाई काम गर्ने व्यवस्था मिलाउनुपर्ने प्रहरीको सुझाव छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?