logo
२०८१ बैशाख ४ मंगलवार



फ्रान्सबाट आएकी कोरोना संक्रमितसँगै आएका दुई युवाको रिपोर्ट नेगेटिभ

दाङका १६ जनाको स्वाव नमुना नेगेटिभ

फिचर |
पढ्नै पर्ने |
प्रदेश |


फ्रान्सबाट आएकी कोरोना संक्रमितसँगै आएका दुई युवाको रिपोर्ट नेगेटिभ


टीकाबहादुर बस्नेत
दाङ, चैत १९ गते । कोरोना भाइरसकोे परीक्षणका लागि दाङबाट काठमाडौँ पठाएका १६ जनाको रिपोर्टमा भाइरस फेला नपरेको बताइएको छ । कोरोना भाइरसको संक्रमणको आशंकामा कोरोना विशेष अस्पताल बेलझुण्डी र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट नमूना परीक्षणका लागि काठमाडौँ पठाइएका १६ जनाको रिपोर्ट नेगेटिभ आएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला स्तरीय समितिका सूचना अधिकारी कमल चन्दले जानकारी दिनुभयो ।

भारत र तेस्रो मुलुकबाट जिल्ला प्रवेश गरेका शंकास्पद तीनजनालाई आइसोलेसनमा राखेर उपचार गराइरहेको सूचना अधिकारी चन्दले जानकारी दिनुभयो । उहाँका अनुसार बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेसनमा राखेर शंकास्पद तीनजनाको उपचार भइरहेको छ । रिपोर्ट नेगेटिभ देखिएका ११ जना कोरोना विशेष अस्पताल बेलझुण्डीबाट र पाँचजनालाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट होम क्यारेन्टाइनमा बस्न भन्दै डिस्चार्ज गरेको चन्दले जानकारी दिनुभयो ।

आइसोलेनमा रहेका ३ जनाको स्वाव परिक्षणका लागि पठाउने तयारी भइरहेको चन्दले जानकारी दिनुभयो । कोरोना विशेष अस्पतालमा उपचार गराइरहेका ३ जनाको अवस्था सामान्य रहेको भन्दै सूचना अधिकारी चन्दले नेपालगञ्ज प्लेन आउने समय हेरेर स्वाव संकलन गर्ने जानकारी दिनुभयो ।

कोरोना संक्रमित युवतीसँगै आएका युवाको रिपोर्ट नेगेटिभ
यसैबीच, फ्रान्सबाट कतार हुँदै काठमाडौँ उत्रेकी कोरोना संक्रमित १९ वर्षीय किशोरीसँगै यात्रा गरेका दाङका दुई युवाहरुको रिपोर्ट पनि नेगेटिभ देखिएको छ । आइसोलेसनमा राखेर स्वाव परीक्षण गरेका बबई र राजपुर गाउँपालिकाका दुई युवाहरुको कोरोना रिपोर्ट नेगेटिभ देखिएपछि उनीहरुलाई डिस्चार्ज गरिएको चन्दले जानकारी दिनुभयो ।

दैनिक चेकजाँच
कोरोना विशेष अस्पताल बेलझुण्डीमा दैनिक चेकजाँच भइरहेको भन्दै सूचना अधिकारी चन्दले शंकास्पदहरुलाई मात्रै आइसोलेसनमा राख्ने गरेको जानकारी दिनुभयो । भारत र तेस्रो मुलुकबाट आएका व्यक्तिहरु विशेष गरी चेकजाँचमा आउने गरेको भन्दै चन्दले कोरोना संक्रमणको लक्षण नदेखिएका र नेपाल प्रवेश गरेको १४ दिन काटिसकेकाहरुलाई सुरक्षित होम क्वारेन्टाइनमा बस्न भन्दै फर्काउने गरेको जानकारी दिनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?