logo
२०८० चैत्र १६ शुक्रवार

 एकान्तबासको समाज शास्त्र 



नैराश्यबाट मुक्ति पाउन भान्सामा रम्नु उपयुक्त उपाए

पढ्नै पर्ने |


नैराश्यबाट मुक्ति पाउन भान्सामा रम्नु उपयुक्त उपाए


सम्पदा अनुरञ्जनी खतिवडा
काठमाडौं, चैत्त १९ गते । विश्वब्यापी महामारीको रुप लिएको कोभिड–१९ को संक्रमण फैल्न नदिन नेपाल लकडाउनमा छ । लकडाउनको सरकारी आदेशको पालना गर्दै सर्वसाधारण क्वारेन्टाइनमा छन् । क्वारेन्टाइनमा बसेर नागरिकले कोभिड–१९ को भाइरसलाई घरबाट बाहिरिन नदिइ संक्रमण रोक्न साझा दायित्व निर्वाह गर्दैछन्, अर्कोतिर घरमा महत्वपूर्ण समय ब्यतित गर्ने अवसर जुराएको छ ।

प्रायजसो सर्वसाधारण टिभी र अनलाइन मुभी हेर्दै तथा भान्सा र बगैंचामा कोरमेलसँगै अन्य उपयोगि काममा जुटेका छन् । भान्सामा बसेर परिकार तयार गर्नु धेरैका लागि लकडाउनको क्रममा फुर्सदिलो समय बिताउने अवसर बनेको छ । भान्सामा तयार गरिरहेको परिकारको भिडियो बनाएर फेसबुक, इन्स्टाग्राम लगायतका सामाजिक सञ्जालमा पस्किदैछ ।

४४ वर्षीया सुशीला ढकाल भन्नुहुन्छ, “घरमा सीमित रहेको खाद्य वस्तुबाट प्रत्यके दिन भान्सामा परिकार तयार गरी समय बिताएका छौं ।” फास्ट फुडको युगमा हामीले स्वादिलो र स्वस्थ्यप्रद घरेलु परिकारको स्वाद बिर्सेका थियौं बताउनुहुँदै उहाँले परिवारका सदस्यसँग समय बिताउनु भान्सा एउटा माध्यम बनेको छ ।

ढकालले आफ्नो परिवारले लकडाउनको क्रममा सेलरोटी, फापरको रोटी, ढिँडो, गुन्द्रुकको अचार लगायतको परिकार बनाएको बताउनुभयो । उहाँ नेपाली घरेलु परिकार बनाउने विधि आफ्नो सन्ततिलाई हस्तान्तरण गर्न महत्वपूर्ण रहेकोले लकडाउनले अवसर जुराएको थप्नुहुन्छ ।

धेरैजना व्यक्तिले आफूले तयार गरेको घरेलु परिकारको भिडियो र तस्विर सामाजिक सञ्जालमा राखेका छन् । इस्टाग्राममा मात्रै करिब २३ हजार व्यक्तिले क्वारेन्टाइनमा बस्दा तयार गरेको परिकार साझा गरेका छन् । उनीहरुले इस्टाग्राममा क्वारेन्टाइनफुड हयाश ट्याग गर्दै भिडियो पस्केका छन् ।
त्यसैगरी, इन्स्टाग्राममै नेपाली आहार सम्बन्धी पेज नेपाल डट फुड पछ्याउनेले घरेलु परिकार बनाउने स्पर्धा सुरु गरेको छ । लकडाउनको समयमा बढी चासो र उपयोगि बनाउन नेपाल डट फुडले उक्त स्पर्धा सुरु गरेको जनाएको छ । उक्त पेजलाई करिब एक लाख ६९ हजार प्रयोगकत्र्ताले पछ्याएका छन् ।
उक्त पेजले लेखेको छ, “क्वारेन्टाइन अवधिलाई उपयोगि र रमाइलो बनाउन स्पर्धा सुरु गरिएको छ, आफूले तयार गरेको परिकारको तस्विर राख्न सबैका लागि खुला गरिएको छ ।” उक्त स्पर्धाको नतिजा काठमाडौंका दशजना रेष्टुरेन्ट सञ्चालकले गर्नेछन् । शिर्ष चार विजेताले दश हजार रुपियाँ पुरस्कार र दश हजार रुपियाँ बराबरको किनमेलको भाउचर, त्रिसरा रेष्टुरेन्टमा निशुल्क भोजन र धुलिखेलमा दुईजनालाई जिप्लिंग गराइनेछ । उक्त स्पर्धामा अहिलेसम्म ७० जनाले सहभागी भएका छन् ।
जनस्वास्थ्य विशेषज्ञ डा. रबिन्द्र पाण्डे भन्नुहुन्छ, “क्वारेन्टाइनको समयमा आफ्नौ कौतुहलता साम्य पार्न र नैराश्यबाट उन्मुक्ति पाउन भान्सा राम्रो माध्यम बनेको हो ।” उहाँका अनुसार लकडाउनको क्रममा खेर जान सक्ने धेरै समय हुँदा हामी अल्छि र उत्ताउलो महसुस गर्छौं ।
नयाँ परिकार तया गर्न सिक्नु, विभिन्न परिकार बनाउनु, बालबालिकालाई उक्त परिकारबाट जानकारी गराउनु क्वारेन्टाइन उपयुक्त समय हुन सक्ने डा. पाण्डे बताउनुहुन्छ । राम्रो र स्वस्थ्य खानाले जिवनमा सकारात्मकता ल्याउँछ । जुन कोभिड–१९ ले विश्वब्यापीरुपमा ल्याएको त्रासका बीच महत्वपूर्ण र आवश्यक हो ।
क्वारेन्टाइनमा रहँदा र सामाजिक दूरी बनाएर बस्दा सबैका लागि आफूले मन लागेको गर्न र स्वस्थ्य खाना खाएर शारीरिक र मानसिक रुपमा स्वस्थ्य हुनु महत्वपूर्ण छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?