logo
२०८० चैत्र १६ शुक्रवार



लकडाउन बारे काठमाडौं बसेका आफन्तको फोनबाट थाहा पायौ, नाका बन्द गर्यौ !

फिचर |
पढ्नै पर्ने |


लकडाउन बारे काठमाडौं बसेका आफन्तको फोनबाट थाहा पायौ, नाका बन्द गर्यौ !


राजन रावत

सिमकोट, चैत १९ गते । अहिलेको आधुनिक संचार प्रबिधिको पहुँचमा नजोडिएको नाम्खा गाउँपालिकाको हिमाल पारीको गाउँ लिमीका बासिन्दाहरुले अहिलेको कोरोना सन्त्रासले देशमा जारी रहेको लकडाउन बारे काठमाडौं बसेका आफन्तको फोनबाट जानकारी पाएपछि गाउँ आउने सबै नाका बन्द गर्नु भएको छ । केही अघि इन्टरनेट सेवाले काम गर्दा देश विदेशका खबर सहजै पाउने लिमीका बासिन्दाहरुले उक्त नेट सेवाले काम नगर्दा नेपाल टेलिकमको एक लाईन भिस्याट फोनमा काठमाडौंमा बस्नु भएका आफन्तले कोरोना संक्रमणले देशमा लकडाउन भएको जानकारी पाए लगत्तै लिमी भ्याली प्रबेश गर्ने सबै नाका बन्द गर्नु भएको हो ।


लकडाउन भएको पाँचौ दिनमा थाहा पाएको बताउदै नाम्खा गाउँपालिका वडा नम्बर ६ लिमी गाउँका अध्यक्ष पाल्जोर तामाङले काठमाडौंबाट आफन्तको फोन नआएको भए लकडाउन बारे थाहा नहुने बताउनु भयो । उक्त फोन पनि दिनमा पाँच देखि सात पटक बिग्रीने समस्याले नयाँ जानकारी पाउन कठिन भएको उहाँले बताउनु भयो । लिमीमा लकडाउन छैन तर आउने नाकामा मासिन पालो बसेर कोही गाउँमा नछिर्न पहरा भने बस्ने गरिउएको छ ।

संभाबित कोरोना संक्रमण हुन सक्ने भन्दै देशमा सरकारले लगाएतको लकडाउन थाहा पाउने बित्तिकै वडाको बैठक बसी लिमी प्रबेशका दुई वटै नाका बन्द गर्ने निर्णय गरिएको थियो । लिमीमा भारतमा ब्यापार ब्यबसाय गर्न गएका, काठमाडौंमा रहेका र चीनको ताक्लाकोटमा काम गर्न गएका मानिसहरु भित्रिन सक्ने भन्दै नाका बन्द गर्नु परेको अध्यक्ष तामाङले बताउनु भयो । अहिले पनि लिमीका बासिन्दाहरु कोरोना भाइरसको संक्रमणका बारेमा बेखबर रहेको बताउदै उहाँले कुनै पनि संचार माध्यम नहुनुको पिडा भोग्नु परि रहेको बताउनु भयो । लिमीमा अन्यत्रबाट आउने कोही पनि भित्रिन नपाउन भनि फोन मार्फत अध्यक्ष तामाङले सदरमुकाम सिमकोटमा रहेका संचार माध्यमलाई जानकारी समेत गरेको बताउनु भयो । मंसीरबाट चैत महिनासम्म लिमीका बासिन्दाहरु हिमपातको कारण आफै पनि लकडाउनमा पर्ने गर्नु हुन्छ । यो अबधिमा कोही आवतजावत गर्न सक्ने अबस्था पनि छैन ।

भएको प्रहरी चौकी पनि कार्तिक महिनाबाट सिमकोट फर्केको छ । अहिले हेलिकोप्टर रिजर्भ गरेर लिमी जानु भन्दा अन्य कुनै बिकल्प छैनन् । स्थानीय बासिन्दाहरु टेलिभिजन नभएको र रेडियो नसुनिने भएपछि सुचना पाउने माध्याम भनेकै भिस्याट टेलिफोन हो । त्यो पनि गतिलोसंग सुचारु नहुदा राम भरोसामा स्थानीय बस्नु पर्ने बाध्यता रहेको छ । न त हेल्थ डेस्क छ न त स्वास्थ्यकर्मी नै आफ्नै खोलाको चलन अनुसार बिरामी भए लामा बसाल्नुको बिकल्प पनि नभएको स्थानीयको गुनासो छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?