logo
२०८० चैत्र १६ शुक्रवार



तिहाड जेलबाट ३५६ कैदीहरु अन्तरिम जमानीमा रिहा

अन्तर्राष्ट्रिय |


तिहाड जेलबाट ३५६ कैदीहरु अन्तरिम जमानीमा रिहा


नयाँदिल्ली, चैत्त १६ गते । भारतको तिहाड जेलबाट ३५६ जना कैदीबन्दीलाई ४५ दिनको अन्तरिम जमानीमा रिहा गरिएको छ ।
भारतीय सर्वोच्च अदालतले मार्च २३ तारिखमा सबै राज्य सरकारहरुलाई सामान्य प्रकृतिका र सात वर्षभन्दा कम सजाय हुने प्रकृतिका मुद्दाको सुनुवाईका क्रममा रहेका सबै कैदीबन्दीलाई रिहा गर्न आदेश दिएको थियो । कोरोना भाइरसको संक्रमण विश्वब्यापी महामारीको रुप लिएपछि अन्य देशमा समेत कैदीबन्दीलाई रिहाइको पहल सुरु भइसकेको छ।
सर्वोच्च अदालतका प्रधान न्यायाधीश एसए बोब्डेको तीन सदस्यीय इजलासले सबै प्रदेशमा एउटा उच्चस्तरीय समिति गठन गरी तत्काल छाड्न सकिने कैदीहरुको नामावली तयार गर्न आदेश दिएको थियो । उक्त समितिमा कानुन सचिव र राज्यको कानुन सेवाका अध्यक्षलाई समावेश गर्न भनिएको थियो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?