logo
२०८० चैत्र १६ शुक्रवार

 यूरोपमा नेपालीको दैनिकी 



तपाई हाम्रो घरमा नआउनुहोस हामी पनि आउदैनौं !

पढ्नै पर्ने |


तपाई हाम्रो घरमा नआउनुहोस हामी पनि आउदैनौं !


एन्ट्वर्पेन, वेल्जियम चैत्र १६ गते । नेपालमा मेरो घर कपिलवस्तु हो । हाल म विगत ४ बर्ष देखि वेल्जियमको एन्ट्वर्पेन शहरमा बस्दै आएको छु । म रेष्टुरेण्डमा काम गर्छु । वेल्जियममा पहिलाको तुलनामा कोरोनाको संक्रमणको भाइरस बढ्दा जनजीवन असहज भएको अवस्था छ ।

शैक्षिक संस्था, होटल, पसल , उद्योग कलकारखाना बन्द छन् । तर अत्यावश्यक पर्ने खाद्यन्न , तरकारी, ग्यासका पसल खुलेका देखिन्छन् । आजको दिनसम्म दैनिक उपभोग्य सामानको खासै अभाव छैन् ।  साना डेलिभरी रेष्टुरेण्ड केही खुलेका छन् । भित्र बसेर खाना मिल्दैन बनेको खाना किनेर घरमा लैजान मिल्छ । खान बस्नको लागि समस्या छैन् । काम बन्द भएर बसेका नेपाली लगायत सवैलाई तलव बराबरको ८० प्रतिशत बेरोजगार भए वाप्तको पैसा दिने मैले सुनेको छु ।

यहाँका लेवर यूनियनहरुले पनि सरकार सँग आफना समस्या बारे जानकारी गराएका छन् । साथै पसलमा सामान किन्न जाँदा कम्तिमा १ देखि २ मिटरको दुरीमा पालो बसेर सामान किन्नु पर्ने हुन्छ । यहाँका मानिस सचेत छन् धेरै भीडभाड् गर्दैनन् । यहाँका सडकमा अत्यावश्यक पर्ने गाडी मात्र चलेका देखिन्छन् ।
सडक र गल्लीहरु सुनसान जस्तै छन् । यस अघि भरिभराउ हुने पार्क, खेलमैदान बन्द अवस्थामा छन् । मानिसहरु बाहिर काम परे मात्र निस्केका देखिन्छन् । बाहिर निस्कदा बाटोमा शंका लागेमा प्रशासनले के कामले हिडेको भनेर सोध्ने गर्छ । मान्छेलाई त्यतिकै बाहिर ननिस्कन सुरक्षित तरिकाले घरमै बस्न सरकारले अपिल गरेको छ ।  हामी पनि कोरोना संक्रमबाट बच्न सचेत छौँ। तपाई पनि हाम्रो घरमा नआउनुहोस हामी पनि तपाईको घरमा आउदैनौ भन्ने हाम्रो नारा नै बनाएका छौं ।
घर बाहिर निस्किर भित्र फर्किदा आफूले प्रयोग गरेका कपडा परिवार भन्दा टाढा राख्ने र धोएर मात्र पून प्रयोग गर्ने गरेका छौं ।

यो खाली समयमा केटा केटीलाई पढाउने, घर परिवार सँग फोनमा कुराकानी गर्ने आफूले मन परेका खानेकुरा बनाएर खाने लयायतका काम गरेर समय विताएका छांै । सरकारले स्कूल बन्द भए पछि छोरा छोरीले घरमै बसेर पठन पाठन गरेका छन् ।

म रेष्टुरेन्टको काम छोडेर दुई हप्तादेखि घरमै बसेको छु । युरोपका अरु देशमा फैल्दै गएको कारोनाको संक्रमणलाई देखेर आममानिस आत्तिएको अवस्था छ ।  सेनिटाइजर प्रयोग गरेर र हात मुख राम्रो सँग धोएर मात्र घर भित्र छिर्ने गछौं । दैनिक कम्तीमा १० देखि १२ पटक सम्म सावुन पानीले हात धोआंै सेनिटाइजरको प्रयोग गरौं भन्ने यहाँका नेपाली संघसंस्थाले अभियाननै चलाएका छन् ।

कुनै नेपाली विरामी भएको अवस्थामा फोन गरेर समय लिएर हस्पिटल जान सकिने व्यवस्था छ । साथै एनआरएनएले पनि आर्थिक संकलन गरिरहेका छन् । हामी पनि कसरी कुनै पनि नेपालीलाई समस्या नपरोस भनेर एक जुट भएका छौं । यहाँ रहेका नेपालीहरु सामाजिक सञ्जाल फोनको माध्यमबाट एक आपसमा सहयोग गर्ने बिषयमा जुटेका छन् । सरकार कोरोना भाइरस संक्रण फैलन नदिन सशक्त रुपमा लागेको अवस्था छ ।

तर पनि संक्रमण फैल्ने क्रम दिन प्रति दिन बढ्दा आम मानिसमा चिन्ता र त्रासमा छन् । आजको मितिसम्म मैले थाहा पाए अनुसार बेल्जियममा कुनै नेपालीलाई कोरोनाको संक्रमण देखा परेको छैन् ।


(वेल्जियमको एन्ट्वर्पेन शहरमा रहनु भएका कपिलबस्तुका - ललितकुमार पोखरेलसँग गोरखापत्र अनलाइनका लागि मुकुन्द गैरेले गरेको कुराकानीमा आधारित )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?