logo
२०८१ बैशाख १३ बिहीवार



पुतलीबजारले छर्कियो क्लोरिन

पढ्नै पर्ने |


पुतलीबजारले छर्कियो क्लोरिन


अर्जुन काफ्ले 
स्याङ्जा, चैत्र १५ गते । पुतलीबजार नगरपालिकाले डिसइन्फेक्टेड क्लोरिन झोल बजार क्षेत्रमा शनिबार छर्केको छ ।

हावा र बाटोमा भएका कोरोना तथा अन्य किटाणुहरु मार्ने उदेश्यले क्लोरिन छर्किएको स्वास्थ्य शाखाँ प्रमुख बिष्णु प्रसाद काफ्ले जानाकारी गराउनुभयो । हरेक दिन क्वारेन्टाई क्षेत्रमा १०÷१० लिटर टर्किदै आएको नगरपालिकाले नगर भित्रको मुख्य बजार ट्राफिक चोक देखी घुम्ती सम्म क्लोरिन झोल हालेको हो ।

नगरपालिकाले आफ्नो पालिकामा रहेको दमकलकल मार्फत बजारमा क्लोरिन छर्केको काफ्लेले बताउनुभयो । उहाँले नगरपालिकाले ०.९ प्रतिशतका दरले तिन हजार हजार लिटर पानी बजारमा छर्केको बताउनुभयो ।

११ स्थानिय तह रहेको स्याङ्जामा पुतलीबजार नगरपालिकाले पहिलो पटक क्लोरिन बजारमा टर्किएको हो । नगरपालिका भित्रका मुख्य मुख्य बजार क्षेत्रमा छर्कने सोचँ नगरपालिकाको रहेको बताउदै काफ्लेले अब क्लोरिन खोजेर एक दुई दिनमा छर्कने बताउनुभयो ।

कतार एयरवेजमा युवतीसगै आएका युवाको स्वाब परिक्षण नेगेटिभ
कतार एयरवेजमा आएकी कोरोना संक्रमित युवतीसगै आएका फेदिखोलाका युवाको स्वाब परिक्षण नेगेटिभ आएको छ । कतार एयरवेजमा आएका युवाको श्रीमतिलाई ज्वरो आएपछि बिहिबार स्वाब परिक्षणको लागि नमुना लिइएको थियो ।

युवा र श्रीमतिको नमुना लिइएकोमा दुबैको परिक्षण नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले बताउनुभयो ।
कतार एयरवेजमा कोरोना संक्रमित युवती सगै छ जना आएकोमा अन्य पाचँ जना स्वास्थ्यकमीको निगरानीमा क्वारेन्टाइनमा रहेका छन् । भारत, दुबई, कतार लगायतका देशबाट यहाँ तीन हजार भन्दा बढी गाउँ गाउँमा आएको बताउदै कुरुम्बाङ्ले कता पोजेटिभ देखिने हो भन्ने डर लागेकोमा राहत मिलेको बताउनुभयो ।
दोस्रो नमुना लिइयो
कोरोना संक्रमित युवतीसगै कतार एयरवेजमा आएका पुतलीबजार ६ का एक युवकको स्वाब परिक्षणको लागि नमुना लिइएको छ । कतार एयरवेजमा अएका युवा क्वारेन्टाइनमा रहेपनि ढुक्क हुन र परिवारलाई तथा छिमेकलाई सर्तकता गराउनका लागि नमुना लिइएको छ ।  नगरपालिकाले आफ्नै पहलमा नमुना लिएपनि हाल सम्म युवा स्वास्थ्य र कोरोनाको कुनै लक्षण नदेखिएको स्वास्थ्य शाखाँ प्रमुख बिष्णु काफ्लेले जानाकारी दिनुभयो ।

 

 

 

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?