logo
२०८० चैत्र १५ बिहीवार



गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध

समाज |


गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध


धीरेन्द्रप्रसाद साह
राजविराज, चैत १३ गते । सप्तरीको गाउँबस्तीमा अपरिचित व्यक्तिलाई प्रवेश निषेध गर्न स्थानीयवासीहरु सक्रिय भएका छन । कोरोना भाइरस संक्रमणबाट जोगिन गाउँबस्तीका युवाहरु अपरिचित व्यक्तिको प्रवेशमा रोक लगाउनुको साथै घरबाहिर निस्किन पनि रोकेको छ ।

कोरोना भाइरस संक्रमणबाट बच्न र बचाउनका लागि घरमै बस्ने उद्देश्यले सरकारले लकडाउन गरेपछि गाउँ, टोल बस्तीका स्थानीयहरु सफल पार्न यस्तो कार्य गरिएको खडक नगरपालिका १० लालपुरका बिरेन्द्र साहले जानकारी दिनुभयो । प्रहरी प्रशासन ग्रामिण टोल भन्दा सहरमा बढी केन्द्रित हुने भएकाले स्थानीय युवाहरु स्वस्र्फुत रुपमा लकडाउनलाई सफल पार्न सक्रिय भएको उहाँले भन्नुभयो, गाउँमा कुनैपनि अपरिचित व्यक्तिलाई छिर्न दिएको छैन । जताबाट आउँछ उतै फर्काउने गरेको छ । एक टोलका मानिसलाई अर्को टोलमा पनि जान दिएको छैन । यसको लागि गाउँको सीमामा ढाट तेर्साएर बसेका छन ।

त्यस्तै जिल्लाको तिरहुत गाउँपालिकाका ५ लोहजराका स्थानीय युवाहरुले गाउँको सीमामा ढाट गाडेर बाटो अवरोध गरी अपरिचित व्यक्तिलाई टोलमा प्रवेश निषेध लेखिएको सूचना लेखेर झुण्ड्याएका छन् । ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा रोक लगाउनुको साथै अपरिचित व्यक्ति प्रवेशमा निगरानी बढाइएको सो वार्ड अध्यक्ष रमानन्द चौधरीले जानकारी दिनुभयो ।
सो सूचनामा कोरोना भाइरसबाट आफु पनि बचौं र अरुलाई पनि बचाऔं सन्देश समेत उल्लेख गरिएको छ । लकडाउनको तेस्रो दिन सप्तरीको सहर, बजार, गाउँ, टोल र बस्ती सुनसान छ । अति आवश्यक कार्यबाहेक घर बाहिर निस्किन छोडेका छन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?