logo
२०८१ बैशाख ७ शुक्रवार



भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा अहेब कुटिए, भाटाले छातीमा हिर्काए, बुढी औला चपाईदिए !

फिचर |
पढ्नै पर्ने |


भारतबाट आएकालाई क्वारेन्टाइनमा राख्दा अहेब कुटिए, भाटाले छातीमा हिर्काए, बुढी औला चपाईदिए !


गोकर्ण दयाल

बैतडी, चैत १३ गते । भारतबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखेको भन्दै बैतडीको पुरचौडीमा परिवारका सदस्य क्वारेन्टाईनमै छिरेर स्वास्थ्यकर्मीलाई भाटाले छातीमा हिर्काएर हातको बढी औंला चपाई दिएका छन् ।

घटना बैतडीको पुरचौडी नगरपालिका –५ कुवाकोटको हो । चैत १२ गते भारतको ब्याङ्लोरबाट आएका सात जनालाई पुरचौडी नगरपालिका–५ कुवाकोटको भूमिराज माबि काटै गहताडको क्वारेन्टाईनमा राखिएको थियो ।

क्वारेन्टाईनमा राखिएका परिवारका सदस्य नरेन्द्र जागिरीले भारतबाट आएको मेरो छोरा सुनिललाई किन क्वारेन्टाईनमा रोखको भन्दै राती १०ः बजे ड्यूटीमा खटिएका कुवाकोट स्वास्थ्य चौकीका अहेब करनसिंह धामीमाथि कुटपिट गरेका हुन् ।

कुटपिट गर्ने नरेन्द्र जागिरीका छोरा सुनिल जागिरीसहित भारतको व्याङ्लोरबाट सात जना हिजो चैत १२ गते पुरचौडी पुगेका थिए । सातै जनालाई स्वास्थ्यकर्मीले सुरक्षित क्वारेन्टाईनमा राखिएका थिए ।

कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन स्वास्थ्यकर्मीले सुरक्षित तरिकाले क्वारेन्टाईनमा बसालेपछि परिवारका सदस्य आएर स्वास्थ्यकर्मीमाथि निर्धात कुटिपिट गरिएको पुरचौडी नगरपालिकाका स्वास्थ्य शाखा संयोजक विनोद कुँवरले बताउनुभयो ।

कुटपिटबाट घाईते भएका स्वास्थ्यकर्मीलाई उद्धार गरेर हाट स्वास्थ्यचौकीमा ल्याईरहेको कुँवरले जाकारी दिनुभयो । आफ्नो ज्यानको बाजी लगाएर कोरोना भाइरसको सङ्क्रमण भित्रिन नदिन चौबीसैघण्टा काममा खटिएका स्वास्थ्यकर्मीमाथिको कुटपिट निन्दनीय भएकोले विज्ञप्ती जारी गर्ने तयारी भईरहेको स्वास्थ्य संयोजक कुँवरले जानकारी दिनुभयो ।

क्वारेन्टाईनमै आएर स्वास्थ्यकर्मीमाथि कुटपिट गर्ने नरेन्द्र जागिरी स्थानीय सहकारी संस्थाको प्रबन्धक समेत रहेको स्वास्थ्य संंयोजक कुँवरले जानकारी दिनुभयो । जिम्मेवार नागरिकबाटै यस्तो प्रकारको व्यवहार हुँदा कोरोना भाइरसको सङ्क्रमणका बारेमा रहेको अज्ञानता पुष्टि भएको भन्दै कुँवरले स्वास्थ्यकर्मी उच्च जोखिममा रहेको बताउनुभयो ।

स्वास्थ्यकर्मीले कुटपिटमा सलग्न नरेन्द्र जागिरीलाई कारबाहीको माग गरेका छन् । कुटपिटमा संलग्न जागिरीलाई पक्राउन गर्न पुरचौडी नगरपालिकाको हाट स्थित प्रहरी चौकी पुरघाटबाट प्रहरीको टोली विहीबार बिहान कुवाकोटतर्फ गएको छ ।

कोरोना भाइसर भित्रिन नदिन स्वास्थ्यकर्मीलाई चौबीसै घण्टा सेवाका तत्पर रहन निर्देशन दिईरहेकै बेला स्वास्थ्यकर्मीमाथि क्वारेन्टाइनमै आक्रमण हुनु दुःखद् घट्ना भएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले बताउनुभयो ।

स्वास्थ्यकर्मीमाथि कुटपिट भएको जानकारी आएपछि घटना स्थलमा प्रहरी पठाईएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब पउपरीक्षक डिल्लीनारायण पाण्डेयले जानकारी दिनुभयो ।

बैतडीमा ४० थान पिपिई आईपुगे

यसैबीच कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन अहोरात्र खटिरहेका स्वास्थ्यकर्मीका लागि बैतडीमा ४० थान पिपिई ( जिउ ढाक्ने सुरक्षित पोशाक) आईपुगेका छन् ।

स्वास्थ्य कार्यालय बैतडीको पहल आईपुगेको ४० थान पिपिई स्थानीय तहका स्वास्थ्य संस्थालाई विहीबारनै वितरण गरिएको स्वास्थ्य कार्यालय बैतडीका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिनुभयो ।

भट्टले भन्नुभयो, “ स्थानीय तहको सरकारले पैंसा तिर्ने गरि काठमाडौंका विभिन्न स्थानबाट पिपिई खोजेर बैतडी ल्याउने काम भएको छ । एक थान पिपिईको भ्याट बाहेक १६ हजार रुपियाँ मूल्य रहेको छ । ”

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?