logo
२०८० चैत्र १६ शुक्रवार



गण्डकी प्रदेश सरकारले ग¥र्याे १५ करोडको कोष स्थापना

खुला |


गण्डकी प्रदेश सरकारले ग¥र्याे १५ करोडको कोष स्थापना


तारा चापागाई दुवे
पोखरा, चैत्र १३ गते । कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि गण्डकी प्रदेश सरकारले १५ करोडको कोष स्थापना गरेको छ । गण्डकी प्रदेश सरकारको बुधवार वसेको मन्त्रीपरिषदको वैठकका सो निर्णय गरेको प्रवक्ता रामशरण वस्नेतले जानकारी दिनुभयो । कोषमा प्रदेशका मुख्यमन्त्रीसगै सवै सात मन्त्रीहरुले १÷१ महिनाको तलव जम्मा गर्ने निर्णय समेत बैठकले गरेको छ । कोषमा सहयोग गर्न माननीय, निवाचित जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, व्यापार व्यवसायी, निजी क्षेत्र सगै सवैलाई आग्रह गर्ने निर्णय समेत बैठकले गरेको छ ।

बैठकले प्रदेश अन्तर्गत ११ जिल्लमा रहेका जिल्ला अस्पतालहरुलाई कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापन सम्वन्धी आवश्यक सामग्री खरिदका लागि यस अघि ५÷५ लाख दिइएकोमा पुनः ५÷५ लाख रुपैया थप दिने निर्णय समेत गरेको छ ।

यसै गरि बैठकले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङको संयोजकत्वमा आन्तरिक मामिला तथा कानून मन्त्री हरिवहादुर चुमान, भौतिक पूर्वाधार विकास मन्त्री रामशरण वस्नेत, सामाजिक विकास मन्त्री नरदेवी पुन मगर र प्रमुख सचिव हरिप्रसाद वस्याल सदस्य रहेको ५ सदस्यीय एक समिति समेत गठन गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?