logo
२०८१ बैशाख ८ शनिवार



राधामाधव समितिद्वारा कोराना कोषमा १५ लाख सहयोग

खुला |


राधामाधव समितिद्वारा कोराना कोषमा १५ लाख सहयोग


गोरखापत्र अनलाइन
काठमाडौं, चैत्र १३ गते ।  श्री राधामाधव समिति नेपालले नेपाल सरकारद्वारा संचालित कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउन १५ लाख सहयोग प्रदान गरेको छ ।

कृपालु जी महाराजकाएकमात्र नेपाली प्रचारक तथा श्री राधा माधव समिति नेपालका संंरक्षक स्वामी श्री हरिदासजीको निर्देशानुसार . सो सहयोग राशी श्री राधामाधव समिति नेपालद्वारा नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैकमा खोलेको कोरोनाभाईरस संक्रमण रोकथाम नियन्त्रण तथाउपचार कोषको खातामा जम्मा गरिएको छ ।

यसै बिच श्री राधामाधव समिति नेपालका संस्थापक अध्यक्ष समेत रहनु भएका स्वामीश्री हरिदासजीले कोरोना विश्वव्यापी महामारीको विपत्तिको यस क्षणमा असीम धैर्यता र विशेषः सजगताअपनाउन सम्पूर्ण नेपालीदाजुभाई दिदीबहिनीलाई आग्रह सहित यसबाट नेपाल लगायत विश्व समुदायलाई छिटै उन्मुक्ति निम्तिभगवान श्री पशुपतिनाथसंग प्रार्थना गर्नुभएको छ

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?