logo
२०८१ बैशाख ८ शनिवार

 चिकित्सकको सल्लाह घरमा बस्नोस् चिन्ता नलिनोस् 



भाइरस खोज्दै घरमा आउदैन हामी खोज्दै भिडभाडमा नजाउँ

पढ्नै पर्ने |
फिचर |


भाइरस खोज्दै घरमा आउदैन हामी खोज्दै भिडभाडमा नजाउँ


यलु जोशी

काठमाडौं, चैत ११ गते । भूकम्पको समयमा मानिसको तन हल्लिएको थियो अहिले कोरानाको कारणले मन । भूकम्प र नाकाबन्दी झेलेका नेपालीहरुले अब कोरोनालाई समेत हराउन सरकारले लगाएको लक डाउनको पुरै सर्मथन गरेका छन् । नेपालीहरु सेल्फ क्वारेनटाइनमा बसिरहेका छन् । अहिले कोरोना (कोभिड १९) को त्रासबाट विश्वकै जनजीवन अस्तव्यस्त छ । विकसित र अविकसित देशसँगै सबैजसो वर्गका व्यक्तिहरु कोरोनाको डरबाट आतङ्कित बनेका छन् । जसको कारण धेरैलाई मानसिक रोगको सामना गर्नु परेको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विभागका प्रमुख डा. रवि शाक्यले कोरोना संङक्रमणको कारण मानसिक रोग बढेको बताउनुहुन्छ ।

‘तनाव र चिन्ता भएपछि मानसिक समस्या आउनु स्वभाविक हो उहाँ भन्नुहुन्छ’ पहिले देखि चिन्ता रोग भएकोहरुमा यस समयमा झन बढी मानसिक समस्यामा परेको छ भने अन्य ठिक भइसकेकाहरुमा पनि समस्या बढेको छ ।
मानसिक रोगबाट सुधार भइसकेकाहरुले कोरोना लाग्न सक्ने डरले झन जाँड रक्सी खान थालेपछि रोगीको संख्यामा बृद्धि भएको बताउनुभयो । आफूले हालै गरेको उपचारको अनुभव उहाँले सुनाउनुभयो ।

‘२१ बर्षको युवा आफूलाई पनि कोरोना लाग्छ भनेर घर भरि सामान फाल्ने गरेपछि परिवारले अस्पताल ल्याएपछि भर्नानै गरि उपचार गर्नुपर्यो’ उहाँले भन्नुभयो । ती युवाजस्तै धेरैमा डर पैदा भए पनि डरलाई जित्न आवश्यक रहेको उहाँले बताउनुभयो ।

कोरोनाको सङक्रमण हुने डरले धेरै नेपालीहरु अतालिरहेका छन् । कोरोना लाग्ने वित्तिकै मर्छ भन्ने भ्रमबारे जनचेतना आवश्यक रहेको डा. शाक्यको बताउनुहुन्छ । उहाँले सरकारले बाहिर निस्कन नपाउने नियम लागु गरेसँगै यो संक्रमण फैलिने डर कम भएको बताउदै थप्नुभयो, - मानसिक स्थितीलाई बलियो बनाउनुको साथै आफुले सुरक्षित हुने विधि अप्नाए यो रोग लाग्ने सम्भावना न्युन हुन्छ ।

चिन्ताले रोग सँग लड्न सक्ने क्षमता कम गर्ने भएको कारण चिन्ता लिनुहुदैन डा.शाक्यले नयाँ कुराको अनावश्यक तनाव लिनुनहुने पनि जानकारी दिनुभयो ।
कुनै पनि वस्तु छोएमा कोरोना सङक्रमण हुने होइन यो सबैले बुझ्नु पर्छ, संङ्क्रमण ब्यक्तिले छोएमा सर्ने हो तर अहिले जुन बस्तुमा पनि सङक्रमण भएको जस्तो ब्यवहार गरिरहेको छ त्यो गतल हो । हात धुनु पर्छ सरसफाइमा ध्यान दिनु राम्रो हो ।

कोरोनाबाट आत्तिहाल्नु पर्दैन, मनोबल बढाउन जनस्वास्थ्य विज्ञ डा. रवीन्द्र पाण्डेको सुझाव छ । कोरोना भाइरसको संक्रमण विश्वभर फैलिदै जाँदा यसको संक्रमण नेपालमा पनि देखा परेको छ उहाँ भन्नुहुन्छ, चीन, युरोपियन देशहरु, अमेरिका, क्यानडालगायतका देशहरुमा हजारौंलाई कोरोना संक्रमण प्रमाणित भएको छ । ती मध्ये केहि देशमा दैनिक सयौंको संख्यामा बिरामीको मृत्यु पनि भइरहेको छ । संक्रमण डढेलो लागेझैं बिस्तार हुँदा पनि त्यहाँका जनता आत्तिएका छैनन् । संयमित रहेर सरकारलाई सहयोग गरिरहेका छन्, सरकारको आदेश पालना गरेर घरमै बसिरहेका छन् ।

अन्य राष्ट्रले ठूलो विपदसँग लड्दा हामीकहाँ भर्खर दुई वटा मात्र केस देखिएका छन् । डा.पाण्डेले थप्नुभयो, एउटा गलत समाचारले हामीलाई आतङकित बनायो भने फ्रान्सबाट आएकी युवतीलाई कोरोना संक्रमण पोजिटिभ देखिंदा हामी निकै आत्तिएका छौं । हामीहरुले मानसिक रुपमा के तयारी गर्नुपर्छ भने सयौं कोरोनाको पोजिटिभ केस देखिन सक्छ भन्ने । सयजना कोरोना संक्रमणका केस देखिएमा ८५ जनालाई सामान्य लक्षण देखिएर आफै निको हुन्छ । बाँकी १५ प्रतिशत मध्ये १० प्रतिशतलाई अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार गर्दा निको हुन्छ । अनि पाँच प्रतिशतलाई आइसीयुमा राखेर वा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्ने हुन्छ । ती १०० जना संक्रमितमा मृत्यु हुने २–३ जना मात्र हुनेछन् यो सबैले बुझ्नु जरुरी छ ।

६० बर्ष उमेर कटेका, औषधि खाइरहेका व्यक्तिलाई जोखिम हुन्छ भनेर भ्रम फैलाइएको छ यो सत्य होइन डा.पाण्डे भन्नुहुन्छ, जुनसुकै उमेरका व्यक्तिहरु जो क्यान्सरको अन्तिम स्टेजमा छन् , अंग प्रत्यारोपण गरेका छन्, एचाइभीको औषधिले काम गर्न छोडेका व्यक्तिलाई जोखिम छ, जोखिम भनेको मृत्यु होइन। उहाँले अतिरिक्त ख्याल गर्नुपर्छ भनेको हो, चीन लगायतका देशमा सय बर्ष उमेर पुगेका, दीर्घरोगी तथा एकदम जोखिमपूर्ण स्वास्थ्य भएका निको भएर आरामको जीवनमा फर्केको पनि बताउनुभयो ।

कोरोनाको त्रासले जीवन असामान्य भएमा मनोविदसंग परामर्श लिन सकिन्छ भने आवश्यक परे केहि समयको लागि औषधि खानुपर्ने मनोविश्लेषक बासु आचार्यले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, कोरोना भाइरस हामीलाई खोज्दै घरमा आउदैन हामी नै खोज्दै भीडभाडमा गएर ल्याउने हो, तसर्थ अधिकतम समय घरमै बसौं, सकभर अस्पताल, क्लिनिक नजाऔं ।

कस्तो ब्यक्तिलाई खतरा

डा. पाण्डे भन्नुहुन्छ, विश्वको तंथ्याङ हेर्ने हो भने पनि मृत्यु हुनेमा क्यान्सरको अन्तिम स्टेजमा पुगेका बिरामी, अंग प्रत्यारोपण गरेका बिरामी, एचाइभी एड्सको औषधिले काम गर्न छोडेका दीर्घ बिरामी, पटक पटक निमोनिया भइरहने र दमका ती बिरामी जसलाई अक्सिजन २४ घण्टा आबश्यक पर्छ, दीर्घ मुटु र मधुमेहका बिरामी जसलाई ती रोगले मृगौला, मुटु लगायतका अंगमा असर गरिसकेको छ भने मात्र मृत्यु हुन्छ । सतर्क र सजग हुनुपर्दछ्र हल्ला र भ्रमको पछि लाग्दा मानसिक पीडा हुने डा.शाक्यको धारणा छ ।

मास्क एक पटक मात्र प्रयोग गरौ

डा. शाक्य भन्नुहुन्छ, एक पटक प्रयोग गरिसकेको मास्क हप्तौँ प्रयोग गर्ने हामीहरुको बानी छ त्यो गतल हो । कुनै पनि मास्क ८ देखि १० घण्टाको लागिमात्र हुन्छ । हप्तौको लािग होइन । हामीले साधारण कपडाको मास्क पनि प्रयोग गर्न सकिन्छ । सर्जरीकल मास्सले प्रयोग गर्नुपर्छ भन्ने हुदैन । कपडाको मास्कले ब्याक्टेलियालाई प्रोटेक्क नगरेपनि कोरोनाको भाइरस ठुलो हुने. हुदाँ यसले प्रोटेक्क गर्छ । कपडाको मास्क प्रयोग गरिसकेपछि साबुन पानीले धोएर घाँम सुकाउदाँ पुन प्रयोग गर्न मिल्छ । मास्क २४ घण्टा नै लगाउनु जरुरी छैन डा.शाक्यले बाहिर गएर आएपछि फुकाले हुने जानकारी दिनुभयो ।

चिन्ता नलिन के गर्न सकिन्छ

२४ घण्टा समाचार नहेर्ने नपढ्ने डा.शाक्यले समाचार हेर्ने र पढ्ने समय छुट्याउनुुपर्छ । हाल विश्वमा कोरोनाको नकारात्मक समाचार जस्तै मान्छे निधन भएको मात्र आएको हुनाले यसले झन मानसिक समस्या बढाउने बताउनुभयो ।

उहाँले समाचार पढेपनि आधिकारिक समाचार संस्थाहरुको मात्र पढ्ने सुझाव दिदै अफवाह फैलाउने समाचारलाई बेवास्ता गर्नुुपर्ने प्रष्ट पार्नुभयो साथीभाइ सँग गफ गर्ने परिवरसँग रमाइलो गर्नुपर्छ ।
कोरोना नियन्त्रण गर्न सरकारले धेरै योजना बनाएको छ डा पाण्डेले थप्नुभयो, सुरुदेखि नै प्रभावकारी काम गरेको हुँदा अहिलेसम्म जम्मा १ जनामा मात्र कोरोना संक्रमण देखिएको छ ।

उहाँले सरकारले ज्वरो क्लिनिक सुरु गरेको भने जनचेतना बढाइरहेको छ । हाल दिनमा पाँच सय जनाको कोरोना संक्रमण टेस्ट गर्ने क्षमता बढाउनुको साथै बिभिन्न अस्पतालमा आइसीयु र भेन्टिलेटरको संख्या बढाएको छ जानकारी दिनुभयो । योग, ध्यान, नृत्य, संगीत, आर्ट, लेखन, पठन आदिले कोरोना फोबिया हटाउन मद्दत गर्ने आचार्यले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?