logo
२०८० चैत्र ६ मंगलवार

  दाइजोसँगै खर्चिलो बन्दै विवाह संस्कृति 



सजावटमै आठ-दश लाख, ड्रोनदेखि खर्चिलो भोज

मुख्य समाचार |
पढ्नै पर्ने |


सजावटमै आठ-दश लाख, ड्रोनदेखि खर्चिलो भोज


जिवछ यादव
लहान, फागुन १६ गते । प्रदेश २ मा बेटी पढाउ, बेटी बचाउ अभियान प्रदेश सरकारले नै चलाई रहेको बेला दाइजोसँगै तडक भडकको साथ गर्ने विवाहमा कुनै कमि आएको छैन । लहानमा सम्पन्न केही विवाह कार्यक्रममा टेण्ट वयबस्थापनमा मात्रै आठदेखि दश लाख रुपियाँ खर्च भएको छ ।
केही दिन पहिले प्रहरी कार्यालय पर्खालसँगै १८ दिन लगाएर गाडिएको टेण्ट तयार भयो । यो देखेपछि मुख्य सडकबाट जाने सबैको एउटै प्रश्न थियो के यहाँ कुनै महोत्सव हुन लागेको छ ? प्रहरीले नै त्यस्ता प्रश्नहरुको जवाफ फर्काएर भन्नुपर्दथ्यो । होइन, यो विवाहको मण्डपको लागि टेण्ट गाड्न लागेको हो ।
प्रहरी कार्यालयसागै धेरै रकम खर्च गरेर टेण्ट बनाउन स्वीकृति दिएपछि कसको के लाग्छ ? तर धेरैको भनाइ थियो यसले ठीक सन्देस जाँदैन । एकातिर दाइजोमुक्त समामज बनाउने नारा अर्कोतिर तडकभडकसाथ गरिने विवाहको प्रोत्साहन । टेण्टमा मात्रै आठ÷लाख खर्चिने विवाहको सबै खर्च जोड्ने हो भने ४०÷५० लाखभन्दा के कम खर्च होला यस्तो विवाहमा ।
यी त केही प्रतिनिधि घटना हुन आफ्नो आर्थिक अवस्थाको प्रदर्शन र हैसियत देखाउनका लागि केही दशक यता तराई मधेका जिल्लाहरूमा दाइजोसँगै तडकभडक विवाहको प्रचलन पनि ह्वातै बढेको महिला मानव अधिकारकर्मी रेणु यादवको भनाई छ ।
उहाँ भन्नुहुन्छ, प्रदेश २ को सरकारले थालेको अभियानले दाइजोमुक्त समाज निर्माण होला भने आशा त जगायो तर विवाहमा गर्ने अनावश्यक खर्चले फेरि चिन्तित बनाएको छ । लहानमा केहि वर्ष यता सम्पन्न भएको तीनवटा विवाहको टेण्ट सजावट हेर्दा हरेक विवाहमा दशलाख भन्दा बढीको खर्च गरिएको देखिन्छ । लहानको मधेशी, थारु र दलित तीनै समुदायमा यस्तो खर्चिलो विवाह गर्न थालेपनि यसलाई रोक्ने पहल कतैबाट नहुनुले आम मानिस चिन्तित छन् ।
यहाँका यस्ता महँगा विवाहमा टेण्टको सजवाबट, ड्रोन क्यामराको प्रयोग र विशाल भोजभतेरले कानुनमा विवाह गर्ने कुनै अचार संहित छ कि छैन, प्रदेश सरकारले ल्याएको बेटी पढाउ, बेटी बचाउ अभियानको मर्म विपरित हो कि होइन अनेक प्रश्नहरु यतिवेला उठन थालेका छन् ।
देखासिखीमा दाइजो बढेसँगै तडक भडकको विवाह संस्कृत पनि हवातै बढनु शुभ संकेत नभएको लहान नागरिक समाजका अगुवा दिनेश यादवको मत छ । उहाँभन्नुहुन्छ,विवाहलाई सरल बनाइनु पर्दछ, परम्परा संस्कृति र कानुनी मान्यतालाई समेत अबको विवाहलाई सीमित दायरामा सम्पन्न गरेर दाइजोमुक्त सामाज निर्माण गर्नुपर्नेमा जति पढयो त्यति दाइजो जति धनि त्यति तडकभडकले त ठूलो समस्या निम्त्याउन लागेको छ ।
अधिवक्ता तथा मानव अधिकारकर्मी सुनिलकुमार साहका अनुसार २०७४ को मुलुकी संहिताले तडक भडकको साथ विवाह गर्न नहुने व्यवस्था भए पनि दाइजोको साथै विवाहमा अनावश्यक खर्च रोकिएको छैन । विवाहको निम्तो कार्डमा जन्ममिति, विवाहमा गरिनुपर्ने खर्चको सूची प्रहरी प्रशासन र स्थानीय सरकारलाई बुझाउनु पर्ने, दिवा विवाहमा जोड दिनुपर्ने, छोटो समयमा कम जयन्ती आएर विवाह गर्नुपर्ने लगायतका सुधारहरु नगरे यसले झन् विकराल रुप लिने उहाँको भनाइ छ ।
तामझामको साथ गरिने विवाहलाई यसरी नै प्रोत्साहित गर्ने हो भने केही सभ्रान्त वर्गको परिवारबाट सुरु भएको दाइजो प्रथा अहिले गरीव दलितको झुपडीसम्म समेत पुगे झँै यसले पनि आउने दिनमा समस्या पार्ने लहान नगरपालिका उपप्रमुख तथा न्यायिक समिति संयोजक सरियार चौधरीको भनाई छ । उहाँको अनुसार अन्तरजातीय प्रेम विवाह गरेर दाइजोमुक्त सामाज निर्माण गर्न विवाहको लागि स्पष्ट कानुनी व्यवस्था गरेर यसलाई कडाइको साथ लागु गर्न लाग्नुको विकल्प छैन । अनावश्यक हुने खर्चले सामाजको समृद्धि पनि संभव छैन ।
बहिनी छोरीको विवाहको लागि तराई मधेशका युवा वैदेशिक रोजगारमा जानु परिरहेको समस्या रोक्न अब सामाजिक जागरणको अभियानलाई समेत प्रदेश २ को सरकारले बेटी पढाउ बेटी बचाउ अभियानमा जोडन्पर्ने नेकपा प्रदेश–२ का सदस्य मागैन कामैतको सुझाव छ ।
यता इलाका प्रशासन कार्यालय लहानका प्रमुख कमलराज भण्डारीले कतैबाट उजुरी नआए प्रहरी प्रशासनले रोक्न नहुने प्रष्टयाउँदै विवाहमा भइरहेको अनावश्यक खर्च र दाइजो दिए दिइएको अनुमानको आधारमा कसरी छानविन गर्ने पीडितले नै नबोलेपछि विवाह जस्तो पवित्र काममा प्रहरीले हस्तक्षेप गर्न नमिलेको बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?