logo
२०८० चैत्र ६ मंगलवार



राष्ट्रियसभामा नभए पनि डा.खतिवडालाई अर्थमन्त्री राख्न सक्ने अधिकार प्रधानमन्त्रीमा निहीत छ : प्रचण्ड

फिचर |
मुख्य समाचार |
पढ्नै पर्ने |


राष्ट्रियसभामा नभए पनि डा.खतिवडालाई अर्थमन्त्री राख्न सक्ने अधिकार प्रधानमन्त्रीमा निहीत छ : प्रचण्ड


शान्ता अधिकारी
चितवन, फागुन १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रियसभामा नभए पनि अर्थमन्त्री डा.युबराज खतिवडालाई कायम राख्न पाउने अधिकार प्रधानमन्त्रीमा निहीत रहेको उल्लेख गर्दै पार्टी निर्णय कार्यान्वयन हुनेमा आफू विश्वस्त रहेको स्पष्ट गर्नुभयो ।
नेपाल पोल्ट्री महासंघको आयोजनामा चितवनको भरतपुरमा शुरु भएको राष्ट्रिय पोल्ट्री एक्स्पोको उद्घाटनको लागि शुक्रबार बिहान चितवन आउनु भएका नेकपा अध्यक्ष प्रचण्डले भरतपुर विमानस्थलमा पत्रकारहरूसँग सो कुरा बताउनु भएको हो ।
बामदेव गौतमलाई राष्ट्रियसभाको रिक्त एक पदमा पठाउने पार्टी सचिवालयले गरेको सिफारिस सम्बन्धमा उहाँले भन्नुभयो, “पार्टी सचिवालयले गरेको सुझावलाई प्रधानमन्त्रीजीले मान्नु हुन्छ यो आधिकारिक निर्णय हो । सर्वसम्मत गरेको निर्णय हो जुन पार्टी महासचिवले र पार्टी प्रवक्ताले आधिकारिक रुपमा सार्वजनिक गरि सक्नुभएकोे छ । प्रधानमन्त्री जीले मान्नुहुन्छ ।”
प्रचण्डले आफू र प्रधानमन्त्री दुबैको अध्यक्षतामा भएको उक्त बैठकको सर्वसम्मत निर्णयलाई प्रधानमन्त्रीले अवज्ञा गर्नु हुन्न भन्ने उत्तर दिनुभयो । साथै उहाँले २१ गते सम्म कुर्न पत्रकारलाई अनुरोध गर्नुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?