logo
२०८१ बैशाख १३ बिहीवार



यूएई एसीसी वेष्टर्न रिजन टी ट्वान्टी क्रिकेटको च्याम्पियन

पढ्नै पर्ने |
खेलकुद |


यूएई एसीसी वेष्टर्न रिजन टी ट्वान्टी क्रिकेटको च्याम्पियन


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गते । यूएई ओमानमा सम्पन्न एसीसी वेष्टर्न रिजन टी ट्वान्टी क्रिकेट प्रतियोगिता जितेको छ । जितसँगै उसले एशिया कप क्रिकेट प्रतियोगिताको छनोट खेल्न पाउने भएको छ ।
उपाधिको लागि भएको खेलमा यूएईले कुवेतमाथि १०२ रनको विशाल अन्तरको जित हात पार्यो । यूएईले प्रस्तुत गरेको २०० रनको लक्ष्य पछ्याउँदै कुवेत पुरै २० ओभर खेलेपनि सात विकेटको क्षतिमा मात्र ९७ रनमा सीमित हुन पुग्यो । कुवेतका लागि बिलाल ताहिरले २२ तथा कप्तान मोहम्मद अश्लमले बनाउनुभएको २३ रन नै सर्वाधिक ब्यक्तिगत् योगफल रहन गयो । यूएईका लागि सुल्तान अहमदले सर्वाधिक चार विकेट लिनुभयो । उहाँले चार ओभरमा मात्र नौ रन खर्चेर महत्वपूर्ण चार विकेट लिनुभयो । कप्तान अहमद राजाले चार ओभरमा आठ रन खर्चिदा दुई विकेट लिनुभयो ।
यसअघि ओमानको अल एमिरात क्रिकेट रङ्गशालामा टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको यूएईले २० ओभरमा पाँच विकेटको क्षतिमा १९९ रनको विशाल योगफल तयार गर्यो । उसको पारीमा ओपनर चिराग सुरीले मात्र ४१ बलको सामना गर्दै ६० रनको उत्कृष्ट पारी खेल्नुभयो । वाहिद अहमदले मात्र १५ बलमा छ छक्काको सहयोगमा अविजित रहँदै ४५ रन बनाउनुभयो ।
कुवेतका लागि अफ्जल अशरफले दुई तथा मोहम्मद अश्लम, वसन्थ कुमारानायके र शिराज खानले सामान एक एक विकेट लिनुभयो ।
वेष्टर्न रिजन कप टी ट्वान्टी प्रतियोगिताको पहिलो सेमीफाइनलमा कुवेतले बहराइनमाथि ८७ रनको जित हात पार्दै फाइनलमा पुगेको थियो । दोस्रो सेमीफाइनलमा भने यूएईले कतारलाई २८ रनले हराएर फाइनलमा कुवेतसँगको भेट सुनिश्चित गरेको थियो ।
वेष्टर्न रिजन कप टी ट्वान्टीमा फाइनलसम्म पुगेको यूएई र कुवेतले एशिया कपमा सहभागी हुन छनोट प्रतियोगिता खेल्न योग्य भएको छ । शनिबारबाट सुरु हुने नेपाल, मलेसिया, सिंगापुर, हङकङ र थाइल्याण्ड सम्मिलित इस्टर्न रिजन कपमा उत्कृष्ट हुने दुई राष्ट्रले कुवेत र यूएई गरि चार राष्ट्र सम्मिलित एशिया कपको लागि छनोट प्रतियोगिता खेल्नेछ । उक्त प्रतियोगितको विजेता राष्ट्रले एशिया कप खेल्ने अवसर पाउनेछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?