logo
२०८० चैत्र १६ शुक्रवार

 अपडेट 



दुर्घटनाका घाइते सबैलाई काठमाडौ ल्याइयो

पढ्नै पर्ने |


दुर्घटनाका घाइते सबैलाई काठमाडौ ल्याइयो


काठमाडौं, फागुन १५ गते । नेकपा (माले) का महासचिव तथा पूर्व उपप्रधानमन्त्री सीपी मैनाली सहित दुर्घटनामा परेका पाँचैजनालाई थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट ग्राण्डी अस्पताल ल्याइएको छ ।

मैनाली चढेको बा ४ च २१२० नम्बरको कारलाई काठमाडौंबाट बर्दिबास आउँदै गरेको ना ४ ख ७६६८ नम्बरको पिकअफ भ्यानले रातु पुलमा ठक्कर दिदा कारमा सवार पाँचनै जना घाइते हुनु भएको थियो ।

स्थानीय अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारको लागि सेनाको हेलिकोप्टरबाट काठमाडौ लगिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी माधवप्रसाद बुढाथोकीले जानकारी दिनुभयो । डिएसपी बुढाथोकीका अनुसार उहाँहरुको ग्राण्डी अस्पतालमा उपचार गरिनेछ ।

दुर्घटनामा परि मैनालीका छोरा ३० बर्षीय सरोज मैनाली, बुहारी पुजा ढुङ्गाना मैनाली, ५ बर्षीय नाती एन मैनाली र चालक रामप्रसाद पौडेल घाईते भएका छन् । महोत्तरीबाट महासचिव मैनाली र उहाँका परिवारका सदस्यहरु काठमाडौं आउने क्रममा दुर्घटनामा परेको थियो ।

यो पनि...

माले महासचिव मैनाली चढेको कार दुर्घटना, मैनाली घाइते

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?