logo
२०८१ बैशाख ८ शनिवार



चैत्त १ गते एभरेष्ट प्रिमियर लिगको उद्घाटन हुने (तालिकासहित)

पढ्नै पर्ने |
खेलकुद |


चैत्त १ गते एभरेष्ट प्रिमियर लिगको उद्घाटन हुने (तालिकासहित)


गोरखापत्र अनलाइन
काठमाडौं, फागुन १५ गते । विश्वका चर्चित क्रिकेटरहरु सहभागी हुने एभरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरिएको छ । प्रतियोगिताको उद्घाटन खेल चैत्त १ गते कीर्तिपुरस्थित त्रिवि क्रिकेट ग्राउण्डमा हुनेछ ।
एभरेष्ट प्रिमियर लिगले सार्वजनिक गरेको तालिका बमोजिम चैत्त १ गते पहिलो खेलमा ललितपुर पेट्रिओट्स र पोखरा राइनोजबीच स्पर्धा हुनेछ । ललितपुर गत् संस्करणको च्याम्पियन हो । उद्घाटन हुने दिन एक मात्र खेल निर्धारण गरिएको छ ।
दोस्रो दिन पहिलो खेलमा बिराटनगर र चितवन तथा दोस्रो खेलमा भैरहवा र काठमाडौं किंग्सले स्पर्धा गर्नेछ । छ टोली सहभागी प्रतियोगिताको लिग चरणमा प्रत्येक टोलीले पाँच पाँच खेल खेल्नेछन् । बिहिबार विश्राम दिइएको छ । लिग चरणमा कुल १५ वटा खेल हुनेछ । समूह ए र बी को क्वालिफायरबीच मंगलबार मार्च २४ का दिन स्पर्धा हुनेछ । एलिमिनेटरमा दुई टोलीले मार्च २५, बुधबारको दिन स्पर्धा गर्नेछन् । त्यसैगरी दोस्रो क्वालिफायरका लागि मार्च २६, बिहिबार नै स्पर्धा हुनेछ ।
चैत्त १५ गते शनिबार नै प्रिमियर लिगको उपाधिको लागि स्पर्धा हुने ईपीएलले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?