logo
२०८१ बैशाख ७ शुक्रवार



जीप दुर्घटनाको शोकमा गाउँपालिकाद्धारा एक दिन विदा

पढ्नै पर्ने |
प्रदेश |


जीप दुर्घटनाको शोकमा गाउँपालिकाद्धारा एक दिन विदा


शिवराज ढुंगाना

अछाम, फागुन १४ गते । ढकारीबाट छुटेको जीपमा सवार एकको मृत्यु र १२ घाइते भएको भन्दै ढकारी गाउँपालिकाले बुधबार एक दिन सार्वजनिक विदा दिएको छ ।

गाउँकार्यपालिकाको कार्यालयले सूचना प्रकाशित गरेर घटनामा मृत्यु भएका सोही गाउँपालिका–३ का राम नेपालीमा श्रद्धाञ्जली र अन्य घाइतेको स्वास्थ्य लाभको कामनासहित स्थानीय बिदा दिइएको बताइएको छ ।

बुधबार नै निर्धारण गरिएको छाउगोठमुक्त घोषणा समेत अर्को सूचना नभएसम्मका लागि स्थित गरेको प्रमुख प्रशासकीय अधिकृत टेकबहादुर ओलीले जानकारी दिनुभयो । बिदा दिएपछि उक्त गाउँपालिका मातहतका वडासहित अन्य कार्यालयबाट प्रवाह हुने सबै सेवा एक दिन बन्द गरिएका छन् ।

घटनामा मृत्यु भएकालाई श्रद्धाञ्जली र घाइतेको सिघ्र स्वास्थ्य लाभको कामना गर्दै गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले शोक वक्तव्य जारी गर्नुभएको छ । मंगलबार दिउसो ढकारीबाट मंगलसेन आउँदै गरेको से १ ज ९१० नम्बरको जीप कमलबजार नगरपालिका–६ विरपथमा अगाडि रहेको सवारी साधनसँग ठोक्किएर दुर्घटना भएको हो ।

दुर्घटनामा घाइते भएका पाँच जनालाई थप उपचारका लागि लैजादै गर्दा नेपालीको बाटैमा मृत्यु भएको थियो । भारत जान आएका मृतकका श्रीमती, एक छोरा, एक छोरी र सोही गाउँपालिका–६ का पार्वती सुर्जी समेत घाइते भएर नेपालगञ्ज रिफर गरिएको छ । अन्यको जिल्ला अस्पताल मंगलसेनमा उपचार भइरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?