logo
२०८१ बैशाख १३ बिहीवार

  नेपालमा अपराधमा संलग्न विदेशी 



आर्थिक रुपमा टाट पल्टिए पछि नेपालमा आएर अपराध गर्छन्

मुख्य समाचार |
पढ्नै पर्ने |


आर्थिक रुपमा टाट पल्टिए पछि नेपालमा आएर अपराध गर्छन्


मुकुन्द गैरे
काठमाडौं, फागुन १३ गते । हामी नेपालमा आएका विदेशी भन्ने वित्तिकै सबैलाई पर्यटक वा पाहुनका रुपमा हेर्ने गछौं तर कतिपय विदेशीहरू नेपालमा आएर अपराधिक गतिविधिमा संलग्न भएको पाइएको छ ।
यसरी नेपालमा विगत पाँच वर्षको अवधिमा गैर कानुनी गतिविधिमा संलग्नहरु मध्ये ५३६ जना विदेशी नागरिक निस्कासित भएका छन् ।
आफनो देशमा विभिन्न धरायसी झै झगडा लगायत आर्थिक रुपमा टाट पल्टिए पछि नेपालमा पर्यटन भिसामा आएर बिभिन्न अपराधिक गतिविधिका संलग्न रहनेको संख्या पनि धेरै रहेको अध्यागमन विभागका निर्देशक लिलाधर अधिकारी बताउनुहुन्छ ।
केही मानसिक सन्तुन बिग्रेका पनि यहाँ आएर झै झगडा गर्ने मानव अधिकार उलंग्न भयो भनेर भिसाको म्याद सकिए पनि वेवारिसे भएर बस्ने गरेका भेटिने गरेको अध्यागमन विभागको भनाई छ ।
नेपालमा आएर आर्थिक बर्ष २०७१–२०७२ देखी आव २०७५–२०७६ सम्म ४७४ जना निस्कासित भएको अध्यागमन मुद्दा शाखाले जनाएको छ । यसै गरी यो आर्थिक बर्षको सात महिनामा ६२ जना विदेशी नागरिक निस्कासित गरेको अध्यागमन विभागले जानकारी दिएको छ ।
नेपालमा आएर अपराधिक गतिविधिमा संलग्न मध्ये बढीमा बंगलादेशी, पाकिस्तानी, इरानी,रुसी,बेलायत र अमेरिकी नागरिक रहेका अध्यागमन विभागको मुद्दा शाखाले जनाएको छ ।
इरानी नागरिक जाली राहदानी, चिनियाँ नागरिक सुन तस्करी र बंगलादेशी नागरिक जाली नोटहरुको कारोबारमा संलग्न भएको अध्यागमन बिभाग ठहर छ ।
यि विभिन्न अपराधिक गतिविधिमा संलग्न नागरिकलाई अदालतको फैसला पछि कैद सजाय लगायत सबै प्रक्रिया पूरा गरी कसुर हेरेर नेपालबाट निस्कासित गर्ने गरेको अध्यागमन बिभागका निर्देशक लिलाधर अधिकारी बताउनुहुन्छ ।
पछिल्लो समय अध्यागमन लगायत सम्बधित निकायले अपराधिक गतिविधि गर्ने विदेशी नागरिक माथि निगरानी बढाएपछि अपराधिक गर्नेहरु निरुसाहित भएको विभागका निर्देशक अधिकारी बताउनुहुन्छ । विदेशी नागरिकलाई अनुगमन निर्देशिका २०७५ बमोजिम अनुगमन तीब्र रुपमा भईरहेको अधिकारी बताउनुहुन्छ ।

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?