logo
२०८१ बैशाख ६ बिहीवार



अष्ट्रेलियाका एगरको हयाट्रिकमा दक्षिण अफ्रिकाको कीर्तिमानी हार

पढ्नै पर्ने |
खेलकुद |


अष्ट्रेलियाका एगरको हयाट्रिकमा दक्षिण अफ्रिकाको कीर्तिमानी हार


एजेन्सी
काठमाडौं, फागुन १० गते । अष्ट्रेलियाका आश्टन एगरले हयाट्रिकसहित पाँच विकेट लिएपछि दक्षिण अफ्रिका घरेलु मैदानमा कीर्तिमानी हार बेहोरेको छ । एगरले आफ्नो अन्तर्राष्ट्रिय टी ट्वान्टीको तेह्रौं हयाट्रिक विकेट पनि पुरा गर्नुभयो । यसअघि तिब्र गतिका बलर ब्रेट लीको नाममा अष्ट्रेलियाका लागि पहिलो हयाट्रिक विकेटको कीर्तिमान रहेको छ ।
अष्ट्रेलियाले प्रस्तुत गरेको १९७ रनको लक्ष्य पछ्याउँदै दक्षिण अफ्रिकाले १४.३ ओभरमा मात्र ८९ रनमा समेटियो । घरेलु मैदानमा जितभन्दा ऊ १०८ रन टाढिदा उसले अन्तर्राष्ट्रिय टी ट्वान्टीमा सबैभन्दा ठूलो हार बेहोर्न पुग्यो । यसअघि ऊ अष्ट्रेलियासँगै सन् २००६ को जनवरी ९ मा ९५ रनले हार बेहोरेको थियो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा चेक रिपब्लिकले टर्कीलाई २५७ रनले हराएको कीर्तिमान अहिलेसम्मकै सबैभन्दा ठूलो हारको कीर्तिमान हो ।
फाफ डु प्लेसिसले २४ तथा कगिसो रबाडाले २२ रनको योगदान दिएपनि ठूलो योगफल पछ्याएको घरेलु टोलीको जितका लागि अपर्याप्त रह्यो । एगरले आठौं ओभरको चौथो, पाँचौं र छैठौं बलमा फाफ डु प्लेसिस, एण्डील फेलुक्वायो र डेल स्टैनको विकेट लिएर हयाट्रिक पुरा गर्नुभयो । एगरको यो पहिलो ओभर नै थियो । जसमा उहाँले मात्र दुई रन खर्चेर तीन विकेट लिनुभयो । एगरले आफ्नो चार ओभरको स्पैलमा मात्र २४ रन खर्चेर पाँच विकेट लिनुभयो । टी ट्वान्टी अन्तर्राष्ट्रियमा उहाँको यो अहिलेसम्मकै उत्कृष्ट बलिङ् हो ।
प्याट क्युमिन्स र एडम जाम्पाले सामान दुई दुई विकेट लिनुभयो । मिसेल स्टार्कले एक विकेट लिनुभयो ।
यसअघि टस हारेर पहिला ब्याटिङ् गर्ने निम्ता पाएको पाहुना टोली अष्ट्रेलियाले २० ओभरमा मात्र छ विकेटको क्षतिमा १९६ रनको उच्च योगफल तयार गरेको थियो । उसको पारीका कुनै पनि ब्याट्सम्यानले अद्र्धशतक लगाउन सकेनन । यद्दपी कप्तान आरोन फिञ्चले दोस्रो विकेटका लागि स्टिभ स्मिथसँग गर्नुभएको ८० रनको साझेदारी उसलाई ठूलो योगफलसम्म पुर्याउन महत्वपूर्ण भयो । फिञ्चले ४२ तथा स्मिथले ४५ रनको योगदान दिनुभयो । एष्टन एगरले अविजित रहँदै २० तथा एलेक्स कैरीले २७ रन बनाउनुभयो ।
अफ्रिकाका लागि डेल स्टैन र तबरेज शम्सीले सामान दुई दुई तथा एण्डील फेलुक्वायो र लुङ्गी एनगिदीले एक एक विकेट लिनुभयो । एगर खेलको म्यान अफ द् म्याच घोषित हुनुभयो । जितसँगै अष्ट्रेलिया तीन म्याचको टी ट्वान्टीमा १–० को अग्रता लिएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?