logo
२०८० चैत्र १६ शुक्रवार

  काेराेनाकाे पर्यटन क्षेत्रमा प्रभाव 



पर्यटक आधा घटे, टिम बनाएर काम हुँदै, आत्तिहाल्नु पर्दैन

पढ्नै पर्ने |
पर्यटन |


पर्यटक आधा घटे, टिम बनाएर काम हुँदै, आत्तिहाल्नु पर्दैन


मुकुन्द गैरे
काठमाडौं, फागुन ९ गते । चीनबाट नेपाल आउने पर्यटकमा कमी आएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले अन्य नयाँ पर्यटक बजार खोज्ने तयारी गरेको छ ।
मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङ चीनबाट आउने पर्यटकको बिकल्पमा अन्य देशका बजार खोज्न सरकारले टिम नै गठन गरेर काम गरिरहेको बताउनुभयो ।
चीनमा परेको समस्याले स्वयं चीन लगायत विश्वको अर्थतन्त्रलाई नै असर गरेको अवस्थामा नेपालको पर्यटन क्षेत्रमा असर पर्नु स्वभाविक भएको उहाँ बताउनुहुन्छ ।
अहिले पर्यटक आउने वेमौसमी समय र चीनबाट नेपाल आउने पर्यटक घट्दा संख्यामा केही कमी आए पनि विस्तारै पर्यटन आगमन बढने प्रवक्ता तामाङ बताउनुहुन्छ ।
नेपाल एसोसिएसन अफ टुर तथा ट्राभल एजेन्ट्स (नाटा) का अध्यक्ष अच्यूत गुरागाई चीनमा देखिएको कोरोना भाइरसको कारण पर्यटन आगमनमा कमी आएको बताउनु हुन्छ ।
सरकार र देश, विदेशमा रहेका नेपाली एकजुट हुन सके अन्य मूलुकबाट पर्यटक भित्र¥याउन सकिने अध्यक्ष गुरागाई बताउनुहुन्छ ।
नेपालमा कोरोनाको कुनै संक्रमण छैन् भन्ने सन्देश बिश्वसामु पु¥याउन जरुरी रहेका उहाँको भनाई छ ।
सरकारले २० लाख पर्यटक भित्र्याउने लक्ष्य पुरा गर्न दैनिक छ हजार पर्यटक नेपालमा भित्र¥याउन आवश्यक पर्छ ।
यस अघि समान्य तया दैनिक ३५ सय विदेशी पर्यटक नेपालमा आउने गरेकोमा कारोना भाइरसको हल्ला पछि १२ देखि १५ सयको हाराहारीमा पर्यटक नेपाल आउने गरेको गुरागाई बताउनुहुन्छ ।
तर बाँकी पर्यटकको संख्या पूरा गर्न भारत, बंगलादेश, यूरोप लगायत खाडी मुलुकमा मार्केटिङ गर्न सके धेरै पर्यटक भित्र¥याउन सकिने अध्यक्ष गुरागाई बताउनुहुन्छ ।
अहिले पर्यटन क्षेत्रमा देखिएको चुनौतीलाई समाधान गर्न सरकार र व्यवसायी बीच नयाँ पर्यटन गन्तव्य खोज्ने विषयमा छलफल भईरहेकोले अहिले नै आतिने अवस्था नरहेको उहाँ बताउनुहुन्छ ।
अर्का पर्यटन व्यवसायी भरत बस्नेत अहिले नै पर्यटन आगमनमा कमी भयो भनेर हतोसाहित हुनु भन्दा पनि अन्य देशमा गएर मार्केटिङ गर्न जरुरी रहेको बताउनुहुन्छ ।
सरकार छोटो समयको बिचमा पर्यटन बर्ष घोषणा गरेकोले तयारी अलि कति कम हुन गएको उहाँको भनाई छ ।
पर्यटन बर्ष २०२० मा सरकारले २० लाख पर्यटक नेपाल भित्र¥याउने लक्ष्य लिएको छ । नेपालमा धेरै आउने पर्यटक मध्ये चीन र भारतबाट आउने गरेको बताईन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?