logo
२०८० चैत्र १६ शुक्रवार



चित्तल मार्दै गाउँपालिकाको एम्बुलेन्समा ओसार्दै !

पढ्नै पर्ने |


चित्तल मार्दै गाउँपालिकाको एम्बुलेन्समा ओसार्दै !


गोकर्ण दयाल

बैतडी, माघ २६ गते । बिरामी बोक्न प्रयोग हुने एम्बुलेन्सभित्र मरेको चित्तल लैजादै गरेको अवस्थामा बैतडीको डिलासैनी गाउँपालिकाको एम्बुलेन्स प्रहरी नियन्त्रणमा परेको छ । 

एम्बुलेन्सभित्र मरेको चित्तल सहित दार्चुला प्रहरीले आइतबार मध्यान्ह १२ः४५ बजे शैल्यशिखर नगरपालिका –९, गोकुलेश्वर बजारमा डिलासैनी गाउँपालिकाको एम्बुलेन्स समातेको हो ।

डिलासैनी गाउँपालिकाले चलाउँदै आईरहेको सुदूरपश्चिम प्रदेश ०१–००१ झ ३४६ नम्बरको एम्बुलेसलाई ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय गोकेलेश्वरका प्रहरी नीरिक्षक खगेन्द्र साउदले जानकारी दिनुभयो ।

साउदले भन्न्नुभयो,–‘एम्बुलेन्स नियन्त्रणमा लिएर चालक महेश बोहरालाई पाक्राउ गरेका छौं । मृत चित्तल दार्चुला स्थित वन डिभिजन कार्यालयमा बुझाउने तयारी गरिरहेका छौ ।

’चालक बोहराले महेन्द्रनगरबाट फर्किदा कञ्चनपुरको अर्जुनी ब्यारेक नजिकबाट चित्तल मारेर ल्याएको प्रारम्भिक बयान दिएका प्रहरी नीरिक्षक साउदले जानकरी दिनुभएको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?