logo
२०८० चैत्र १६ शुक्रवार



लुगाको लागि नगर्नुस् झगडा, पर्याप्त छ निःशुल्क कपडा

पढ्नै पर्ने |
समाज |


लुगाको लागि नगर्नुस् झगडा,  पर्याप्त छ निःशुल्क कपडा
लालबन्दीमा सामाजिक सङ्घसंस्था र विद्यार्थीको पहलमा स्थापना गरिएको कपडा बैङ्क । तस्बिर - जनार्जन खत्री



जनार्जन खत्री
सर्लाही, माघ २५ गते । पूर्व–पश्चिम राजमार्गस्थित सर्लाहीको लालबन्दीमा शनिबारबाट कपडा बैङ्क सञ्चालनमा ल्याइएको छ ।
गरिब तथा निमुखा व्यक्तिहरुलाई निःशुल्क कपडा प्रदान गर्ने उद्देश्यले लालबन्दी नगरपालिका–७, स्थित डुमडुमे मन्दिर अगाडि कपडा बैङ्क सञ्चालनमा ल्याइएको हो । कपडा बैङ्कको शनिबर विहान लालबन्दी नगरपालिकाका प्रमुख मानबहादुर खड्काले उद्घाटन गर्नुभयो ।
नगरप्रमुख खड्काले सेवा भावको उद्देश्यले युवाहरुले सुरु गरेको सामाजिक कार्यको प्रशङ्सा गर्दै कपडा बैङ्कको नियमित सञ्चालनमा सबैले सहयोग गर्न आग्रह गर्नुभयो । उहाँले कपडा बैङ्कलाई व्यवस्थित बनाउन नगरपालिकाको सहयोग रहने प्रतिवद्धता समेत जनाउनुभयो ।
यस्तै उद्योग वाणिज्य सङ्घ लालबन्दीका अध्यक्ष कल्याणकुमार जोशीले कपडा बैङ्कको नियमित सञ्चालनका लागि लालबन्दीका उद्योगी तथा व्यापारीको तर्फबाट पनि पूर्ण सहयोग रहने प्रतिवद्धता जनाउनु भएको छ । लालबन्दी सिटि जेसीज, सारथी युवा क्लब, उद्योग वाणिज्य सङ्घ लालबन्दी लगायतका विभिन्न सामाजिक सङ्घसंस्था र विद्यार्थीहरुको पहलमा कपडा बैङ्क सञ्चालनमा ल्याइएको हो ।
कपडा बैङ्कमा इच्छुक व्यक्तिहरुले प्रयोग गर्न मिल्ने नयाँ तथा पुराना कपडाहरु प्रदान गरेर सहयोग गर्न सक्ने लालबन्दी सिटी जेसीजका संस्थापक अध्यक्ष किरण घिमिरेले जानकारी दिनुभयो । सर्लाहीमा केही महिना अघिदेखि सदरमुकाम मलङ्गवा र हरिवनमा पनि कपडा बैङ्क सञ्चालनमा ल्याइएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?