logo
२०८१ बैशाख १२ बुधवार



एसएसपी सौरभ राणा निलम्बित

पढ्नै पर्ने |
खुला |


एसएसपी सौरभ राणा निलम्बित


गोरखापत्र अनलाइन

काठमाडौ, माघ १७ गते । गृह मन्त्रालयले नेपाल प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शौरभ राणालाई निलम्बन गरेको छ ।

संघीय प्रहरी इकाइ धरानमा कार्यरत राणाले एक महिलामाथि यौन दुर्व्यवहार गरेको उजुरी परेपछि उहाँलाई निलम्बन गरिएको गृह मन्त्रालयका सूचना अधिकारी उप-सचिव उमाकान्त अधिकारीले बताउनुभयो ।

उहाँका अनुसार राणालाइ बिहीबार निलम्बन गरिएको गोरखापत्र अनलाइनलाइ बताउनुभयो । साथै गृहले अनुसन्धान गर्न प्रहरी प्रधान कार्यालयलाई पनि पत्राचार गरिसकेको उहाँले बताउनुभयो ।

धरानकी एक महिला राणाविरुद्ध उजुरी लिएर गृह पुगेको र उहाँले गृहमन्त्री रामबहादुर थापा ‘बादल’, गृह सचिव प्रेमकुमार राई लगायतलाई भेटेर एसएसपीबाट आफू पिडीत बनेको जानकारी गराउनु भएको थियो । तर आरोपित निलम्बित राणाले आरोप अस्विकार गर्दै आउनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?