logo
२०८० चैत्र १५ बिहीवार



प्रदेश नंं २ की राज्यमन्त्री डिम्पल झाद्वारा राजिनामा

पढ्नै पर्ने |
प्रदेश |
राष्ट्रिय |


प्रदेश नंं २ की राज्यमन्त्री डिम्पल झाद्वारा राजिनामा


धर्बेन्द्र झा
जनकपुरधाम, माघ १४ गते । प्रदेश नंं २ को भौतिक पूर्वाधार तथा विकास राज्यमन्त्री डा. डिम्पल झाले मंगलबार आफ्नो पदवाट राजिनामा दिनु भएको छ ।
प्रदेश सरकारको कामकाजप्रति असन्तुष्टि जनाउदै राज्यमन्त्री झाले मुख्यमन्त्री लालबाबु राउतलाई आफ्नो पदबाट राजिनामा दिएको राजिनामा पत्र बुझाउनु भएको छ । राजपाका नेत्री समेत रहनु भएका राज्यमन्त्री डा. झा विगत देखिनै प्रदेश सरकारको कामकाजबाट असन्टुष्ट रहदै आउनु भएको थियो ।
प्रदेश सरकारले आर्थिक वर्ष २०७५–७६ मा विभिन्न उपभोक्ता समिति मार्फत गराएको कामकाजको रकम भुक्तानी नगरेको र आफूहरुलाई उपभोक्ता समितिहरुको अत्यधिक दवाव भएका कारणले नै पदबाट राजिनामा गरेको राज्यमन्त्री डा. झाले संचारकर्मीहरुलाई बताउनुभयो ।
प्रदेश नंं २ सरकारको गतिविधि पनि सन्तोषजनक नरहेको र कामकाज आम जनताको मन छुने किसिमको नभएको राज्यमन्त्री झाको कथन छ ।
प्रदेश नंं २ मा सत्ता समीकरण परिवर्तनको कुरा चलिरहेकै बेलामा राजपाको तर्फवाट सरकारमा सहभागि रहनु भएका राज्यमन्त्री डा. झाको राजिनामाले राजनीतिक वृतमा चर्चाको विषय बनेको छ । राज्य मन्त्री झा राजपा अध्यक्ष मण्डलका सदस्य अनिल झाको श्रीमती हुनुहुन्छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?