logo
२०८० चैत्र १५ बिहीवार



गायिका आस्था राउत चार हजार धरौटीमा रिहा

पढ्नै पर्ने |


गायिका आस्था राउत चार हजार धरौटीमा रिहा
तस्बिरः विकास द्वारे


गोरखापत्र अनलाइन
काठमाडौं, माघ १४ गते । जिल्ला प्रशासन कार्यालय काठमाडौंले गायिका आस्था राउतलाई चार हजार रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ ।  काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले राउतलाई चार हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

राउतविरुद्ध अभद्र व्यवहार सम्बन्धी कसूरमा काठमाडौं प्रहरी परिसर, टेकुमा किटानी जाहेरी परेको थियो । गायिका आस्थाविरुद्ध त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरेको भन्दै प्रहरी जवान रमिता श्रेष्ठले उजुरी दिनुभएपछि उहाँ बिरुद्ध माघ ५ गते पक्राउ पुर्जी जारी गरिएको थियो ।

आस्था सोमबार आफैं प्रहरी परिसर काठमाडौंमा उपस्थित हुनुभएको थियो । सोमबारै आस्थालाई थप चार दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालयले अनुमति दिएकोमा मंगलबार चार हजार रुपियाँ धरौटीमा रिहा गर्ने अनुमती दिएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?