logo
२०८१ बैशाख ८ शनिवार

  वैदेशिक राेजगारीबाट फर्किएकाकाे अनुभव 



हिजो विदेशमा फल्थ्यो, अहिले स्वदेशमै फल्छ हीरा

पढ्नै पर्ने |
प्रदेश |


हिजो विदेशमा फल्थ्यो, अहिले स्वदेशमै फल्छ हीरा
गाडी चलाएरै मासिक दुई लाख आम्दानी गर्ने कालीकोटको रास्कोटका महेश न्यौपाने । तस्बिर - प्रेमराज सिम्खडा ।


प्रेमराज सिम्खडा
कालीकोट, माघ १३ गते । धेरै जसो विदेश जान्छन्, कमै स्वदेश फर्कन्छन् र त्यहाँ सिकेको सीपले महिनामा दुईलाखसम्म कमाउँछन् भन्दा पत्याउन गा¥हो पर्छ । विदेशमा मात्र हीरा फल्छ भनेर त्यहाँ पुगेकाले स्वदेशमा नै हीरा फलाउन थालेका छन् । यस्तो काम कालीकोटका एक युवाले महिनामा दुईलाखसम्म कमाएर पुष्टि गर्नुभएको छ ।
पाँच वर्षसम्म साउदी अरवमा काम गर्नुभएका यहाँको रास्कोट नगरपालिका–२ का महेश न्यौपाने हिजोआज कर्णाली करिडोरमा आफ्नै गाडी हाँकिरहनुभएको छ । उहाँलाई जसले पनि लगनशील गुरु ( चालक) भनेर सम्बोधन गर्ने गरेका छन् । सात वर्ष पहिला साउदीकै साउदी अरब अलफाद कम्पनीमा काम गर्नपुगेका न्यौपानेले त्यहाँ पाँच वर्ष बिताउनुभयो ।
कम्पनीको सुपरभाइजरसँग मिलेर गाडी चलाउने सीप सिक्नुभयो र कम्पनीको गाडी चलाउन शुरु पनि गर्नुभयो । आफूले कमाएको पैसा पनि सीप सिक्नमै खर्चनु भएका न्यौपाने दुईवर्ष पहिला नेपालमा आएर विदेशमा कमाएको थोरै पैसाले दाङमा किनेको घडेरीसमेत धितो राखेर दशसिटे गाडी किन्नुभयो र कर्णाली करिडोरमा निरन्तर चलाउनुभयो ।
त्यसैको कमाईबाट यतिबेला अर्को गाडी किनेर एकजना चालक राखी कर्णाली करिडोर र कालीकोट सुर्खेत, नेपालगन्जमा नयाँ गाडी चलाइरहनु भएको छ । विदेशको सीपले गर्दा नेपालमा आफ्नै ठाउँमा गाडी चलाएर मनग्गे आम्दानी गर्न आफू सफल भएको न्यौपानेको भनाइ छ ।
‘शुरुमा देशमा केही पनि आम्दानीको स्रोत नदेखेपछि रोजगारीको लागि साउदी अरव गएँ । आफुसंग कुनै सीप पनि थिएन । सीप नभएको मान्छेले रोजगारी पाउने कुरै भएन । घरको गरिवीले १२ वर्षकै उमेरमा घर छोडे । त्यसपछि ट्याक्टरको खलासी गर्न थाले । तर साहुले खलासीमै सीमित गरेपछि विदेश हान्निएको थिएँ ।’ उहाँले स्मरण गर्नुभयो ।
सयकडा तीन प्रतिशतले ब्याजमा ऋण मागेर विदेशमा गएको भन्दै अहिले त्यहाँ सीप सिकेर आफ्नै ठाउँमा राम्रै आम्दानी गरेको न्यौपानेले बताउनुभयो । उहाँले आफूले दैनिक पाँच हजारदेखि सात हजारसम्म हुने गरेको जानकारी दिंदै दुई वर्षको समयमा २८ लाखमा किनेको गाडीको किस्ता तिरेर अर्को गाडी निकालेको जनाउनुभयो ।
विदेशमा मात्र हिरा फल्छ भनेर सपना देख्नाले हामी बिग्रेको भन्दै उहाँले जे हुन्छ त्यो नेपालमा पनि हुन्छ । नेपालमा गर्न सक्नुपर्छ भन्ने सुझाव उहाँले दिनुहुन्छ । त्यही गाडीको कमाईले सुर्खेत र रास्कोटमा गरी दुईवटा घडेरी र घरखर्च गाडीबाटै चलाइरहनु भएको छ । मलाई यहाँसम्म पु¥याउने मेरो मेहनत र सीपले हो । नेपालमा विदेशी मुलका व्यक्तिहरु आएर काम गर्न सक्छन् भने हामीले हाम्रै देशमा काम गर्नु पर्छ भन्ने उदाहरण न्यौपानेले दिनुभएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?