logo
२०८० चैत्र १५ बिहीवार



मिलन गुरुङ पक्राउ, दीपक मनाङ्गेलाई दुई दिन म्याद थप

पढ्नै पर्ने |


मिलन गुरुङ पक्राउ, दीपक  मनाङ्गेलाई दुई दिन म्याद थप
दीपक मनाङ्गे बाँया, मिलन गुरुङ दाँया


काठमाडौं, माघ १० गते । गण्डकी प्रदेशका सांसद दीपक मनाङ्गेविरुद्ध उजुरी दिएका जिल्ला फुटवल संघ कास्की पोखराका अध्यक्ष मिलन गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गुरुङलाई बैंकिङ कसूरमा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीले गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

ओम गौरा जोस्टेलका सञ्चालक हरिभक्त अचार्यको उजुरीमा आधारमा प्रहरीले नियन्त्रणमा लिएको डिएसपी केसीले जानकारी दिनुभयो । उहाँलाई नियन्त्रणमा लिएसँगै अनुशन्धान भैरहेको डिएसपी केसीले बताउनुभयो । पक्राउ परेका मिलनमाथि कुटपिटको आरोपमा प्रहरीले मनाङ्गेलाई बिहीबार पक्राउ गरेको थियो । मनाङेलाई जिल्ला प्रशासन कार्यालय कास्कीले अनुसन्धानका लागि दुई दिनको म्याद थप गरेको डिएसपी केसीले बताउनुभयो । उनलाई सार्वजनिक अपराधमा मुद्धा चलाउने तयारी रहेको डिएसपी केसीले बताउनुभयो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?