logo
२०८१ बैशाख ७ शुक्रवार



सुनको मूल्यमा आज सामान्य गिरावट

अर्थ |


सुनको मूल्यमा आज सामान्य गिरावट


काठमाडौँ, माघ ८ गते । सुनको मूल्यमा आज सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला रु ५०० ले घटेको छ ।

स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला  ७४ हजार ८०० र तेजाबी सुनको मूल्य प्रतितोला  ७४ हजार ५०० मा झरेको छ । मङ्गलबार छापावाला सुनको मूल्य प्रतितोला  ७५ हजार ३०० र तेजाबी सुनको मूल्य प्रतितोला  ७५ हजार पुगेको थियो ।

सुनको मूल्य घटेसँगै चाँदीको मूल्य पनि प्रतितोला  १५ ले घटेको छ । महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ८८० तोकेको छ । पछिल्ला समय सुनको मूल्यमा निकै उतारचढाव देखिएको छ । माघ लागेसँगै सुनको मूल्यमा निरन्तर उकालो लागिरहेको छ । एक साताको अवधिमा सुनको मूल्य तीन पटक वृद्धि भइसकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?