logo
२०८१ बैशाख ७ शुक्रवार

 जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्ट उद्घाटन 



नयाँ दशक नेपाल–भारत सम्बन्धकाे स्वर्णिम दशक

पढ्नै पर्ने |


नयाँ दशक नेपाल–भारत सम्बन्धकाे स्वर्णिम दशक


सुरेशकुमार यादव

काठमाडौं माघ ७ गते । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फ्रेसमार्फत् आज संयुक्त रुपमा जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्नु भएको छ । 

नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित कन्ट्रोल रुमबाट र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफ्नो कार्यालयबाट स्विच थिचेर विराटनगर एकीकृत जाँच चौकीको उद्घाटन गर्नुभएको छ । यससँगै विराटनगरमा निर्मित एकीकृत जाँच चौकी (आइसिपी) मङ्गलबारबाट सञ्चालनमा आएको छ ।

प्रधानमन्त्री ओलीले करिब ४ महिना अघि मोतिहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको उद्घाटन मोदीसँगै गरेको स्मरण गर्नुभयो । उहाँले आज पनि सँगै जोगवनी–बिराटनगर इन्टीग्रेटेट चेकपोष्टको उद्घाटन गर्ने कुरा नेपाल र भारतबीचको मैत्रिपूर्ण सम्बन्धको संज्ञा हो भन्नुभयो ।

प्रधानमन्त्री ओलीले नेपाल सन् २०१५ मा महाविनाशकारी भूकम्पका समयमा भत्किएका भौतिक पूर्वाधार निर्माणमा भारतको महत्वपूर्ण भूमिका रहेको बताउनुभयो । साथै प्रधानमन्त्री ओलीले भारतीय प्रधानमन्त्री मोदीलाइ नेपाल भ्रमणका लागि निमन्त्रणा समेत दिनुभयो ।

नयाँ दशक नेपाल–भारतको स्वर्णिम दशक - मोदी

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यो नयाँ वर्षमा दुई देशबीचको सम्बन्ध नयाँ उचाईमा पुर्याउने प्रतिवद्धता जनाउनु भएको छ ।

जोगवनी–विराटनगर इन्टीग्रेट चेकपोष्टको संयुक्त रुपमा उद्घाटन गर्नुहुँदै प्रधानमन्त्री मोदीले भन्नुभयो, नयाँ वर्षमा तपाईको सहयोग र समर्थनले हामी आफ्नो सम्बन्धलाई अरु नयाँ उचाईमा लैजाउ ।’ यो नयाँ दशक नेपाल–भारत सम्बन्धोको स्वर्णिम दशक रहेको उहाँले उल्लेख गर्नुभयो ।

नेपाल–भारतको सहयोग अन्तर्गत भूकम्प प्रभावित क्षेत्रमा ५० हजारमध्ये ४५ हजार घरको निर्माण सम्पन्न भएका छन्, र बाँकी घर पनि चाँडै निर्माण हुने र नेपाललाई चाँडै नै हस्तान्तर गरिने उहाँले प्रतिवद्धता जनाउनुभयो । सन् २०१५ को भूकम्प एक दर्दनाक दुर्घटना रहेको बताउँदै उहाँले भुकम्प जस्तो विपदा मानवको दृढता र निश्चयको परीक्षा लिन्छ र त्यसलाई नेपाली जनताले साहसका साथ सामना गरेको समेत स्मरण गर्नुभयो ।

नेपाल–भारतको क्रस बोर्डर कनेक्टीभिटी प्रोजेक्ट जस्तो सडक, रेल र ट्रान्समिसनलाइनमा काम भइरहेको उल्लेख गर्दै प्रधानमन्त्री मोदीले दुई देश बीच सीमाको प्रमुख स्थानमा निर्माण भएको इन्टीग्रेट चेकपोष्टले व्यापार र आवागमनमा सजिलो बनाएको उहाँले धारणा राख्नुभयो ।

सो समारोहलाई सम्बोधन गर्दै भारतीय प्रधानमन्त्री मोदीले चेक पोस्टको उद्घाट गर्न पाउँदा खुशी लागेको बताउनुभयो । उहाँले सम्बोधनको शूरुमा नै ‘तपाईलाई कस्तो छ’ भन्दै नेपाली भाषाबाट सम्बोधन शुरु गर्दै नयाँ वर्षको शुभकामना व्यक्त गर्नुभयो ।

मोदीले दुबै देशमा गयको हप्ता सक्रान्ति पर्व दुबै देशमा हर्षोउल्लासका साथ मनाइएको उल्लेख गर्दै संक्रान्तिको शुभकामना समेत दिनुभयो । छिमेकी पहिलो भन्ने आफ्नो पुराने भनाइ दोहो-याउनुभयो । उहाँले दुबै देशबीच कनेक्टिभिटीमा जोड दिनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले छिमेकी सबैदेशबीच आवागमन सहज र सुचारु बनाउनुका साथै व्यापार शिक्षा सबै क्षेत्रमा सहज सम्पर्क बढाउन इच्छुक रहेको बताउनुभयो । उहाँले २०१५ को भूकम्पको स्मरण गर्दै भूकम्पका सहासका साथ नेपालीले समाना गरेको स्मरण गर्नुभयो । मोदीले नेपाल भारत सम्बन्ध नयाँ उचाइमा पुगको बताउँदै नयाँ दशक नेपाल भारत सम्बन्धको स्वर्णीम दशक हुने बताउनुभयो । उहाँले नेपाल भारत सम्बन्धमा अभूतपूर्वक प्रगति भएको बताउँद भारतीय सहयोगमा भएका विकासका कामहरू तेज गतिमा अघि बढेको बताउनुभयो ।

भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गर्दै प्रम ओलीबाट नेपाल भ्रमणका लागि भएको निमन्त्रणा दिएकोमा खशी व्यक्त गर्दै भन्नुभयो, म यो वर्षको कार्यक्रम बनाउँदै छु । पक्का पनि म तपाईंसँग केही समय बिताउने छु र नेपाली जनताको दर्शन गर्ने छु, - भन्नुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?