logo
२०८० चैत्र १५ बिहीवार



शिक्षित नागरिक देशको मेरुदण्ड: प्रथम राष्ट्रपति डा.यादव

राष्ट्रिय |


शिक्षित नागरिक देशको मेरुदण्ड: प्रथम राष्ट्रपति डा.यादव


महोत्तरी समाचारदाता

जलेश्वर, माघ ५ गते । गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले शिक्षित नागरिक नै देशको मेरुदण्ड भएपनि हाम्रो देशमा शिक्षालाई समुचित प्रयोग नगरिएको बताउनुभएको छ ।

महोत्तरी जिल्लाको बर्दिबासमा  नेपाल हृदय निवारण प्रतिष्ठानको ३८ औ केन्द्रिय साधारण सभाको उदघाटन गर्नुहुदै उहाँले त्यस्तो बताउनुभएको हो । उहाँले स्वस्थ्य नागरिक नै देशको मेरुदण्ड हो बताउनुहुदै जुन देशका जनता शिक्षित छन् सो देशले प्रगति गरेको बताउनुभयो । उहाँले हाम्रो देशमा शिक्षामा समुचित ध्यान नदिएको आक्रोश पोख्नुहुदै सोही कारणले विकासमा हामी पछाडी परेको दुखेसो पोख्नुभयो ।

स्वस्थ्य शिक्षा भएपछि स्वस्थ्य जीवनशैली हुन्छ र हामी निरोगी पनि हुने बताउनुहुदै उहाँले यसको लागि सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्न आग्रह समेत गर्नुभयो । सभामा प्रतिष्ठानका अध्यक्ष दिपेन्द्रपुरुष ढकाल, डा. प्रकाश रेग्मी, बलराम न्यौपाने, बर्दिवास उधोग बाणिज्य संघका अध्यक्ष प्रहाल्द क्षेत्री, राजनितिककर्मी चिरिन्जीवी हमाल, राजु खडका, प्रमुख जिल्ला अधिकारी सुर्यबहादुर खत्री, प्रतिष्ठानका जिल्ला अध्यक्ष दिपक कार्की लगायतका वक्ताहरुले मानिसलाई लाग्ने मुटुरोगको रोकथाम नियन्त्रणका लागि मुटुमैत्री सादा जीवनशैली अपनाउन तथा सो बारे जनचेतना जगाउनुपर्नेमा जोड दिनुभएको थियो ।

विभिन्न संघ संस्थाले गरेको अध्ययन अनुसार नेपालमा २५ प्रतिशत मानिसमा कुनै न कुनै मुटु सम्बन्धी रोग लाग्ने गरेको देखिएको छ । तीन दिनसम्म चल्ने सो साधारणसभामा ५१ जिल्ला शाखा र २५ तदर्थ समितिका पदाधिकारीहरुको सहभागिता रहेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?