logo
२०८१ बैशाख ४ मंगलवार

  बालविवाह रोक्न फरक प्रयास 



बिहेको निम्तो कार्ड छपाईमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य

पढ्नै पर्ने |


बिहेको निम्तो कार्ड छपाईमा जन्मदर्ता प्रमाणपत्र अनिवार्य


प्रतिक शर्मा

सल्यान,माघ ३ गते । सल्यानका छापाखानाका संचालकहरूले बालबिवाहलाई कम गराउन सामुहिक प्रयास थालेका छन् । बिवाहमा छापिने कार्डमा २० बर्षभन्दा कम उमेर भएमा कार्ड छपाइ रोक्ने प्रतिबद्धता जनाएका हुन् । उनीहरुले बिहेको निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य माग्ने प्रतिबद्धता जनाएका हुन् । बा

लविवाह रोक्न प्रहरीले थालेको अभियानमा यहाँ रहेका छापाखाना तथा अफसेट प्रेस सञ्चालकले सहयोग पु-याउन निम्तो कार्ड छपाईमा जन्म दर्ताको कागज अनिवार्य बनाएका छन् । जिल्ला प्रहरी कार्यालय सल्यानमा भेला भएका प्रेस तथा छापाखानाका सञ्चालकले कार्ड छपाईमा जन्म दर्ता अनिवार्य गर्ने प्रतिवद्धता गरेका हुन् ।

‘बाल विवाह समाजिक रुपमा अपराध भएकाले यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट योगदान आवश्यक छ’ शारदा नगरपालिका–२ खलंगामा रहेको गीता अफसेट प्रेसका सञ्चालक प्रकाशसिह थापाले वताउनुभयो । उहाका अनुसार बिहेमा निम्तो कार्ड बाँड्ने चलन छ । प्रेसमा छपाईका लागि बरबधुको तर्फवाट कार्ड छपाई हुने गरेको छ । यदि केटा केटीको उमेर २० वर्ष मुनी भए कार्ड छापिने छैन ।

उमेर नपुग्दै हुने बिवाहले सामाजिक, आर्थिक क्षेत्रमा असर पु¥याएको छ । यसलाई न्यूनीकरण गर्न सकारात्मक सन्देशका लागि आफूहररूले प्रेसमा बिहेका निम्तो कार्ड छाप्नु अघि केटा र केटीको जन्म दर्ताको कागज माग्ने निणर्य गरेको बनगाड कुपिण्डे नगरपालिका–१ मा रहेको दिपज्योति छापाखाना सञ्चालक दिपेश केसीले जानकारी दिनुभयो ।

सल्यान जिल्लामा सञ्चालनमा रहेका आधा दर्जन अफसेट प्रेस तथा छापाखानाले वाल विवाह न्यूनीकरण गर्ने प्रतिवद्धता गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिनुभयो । उहाँका अनुसार सल्यानमा बालबिवाह न्यूनीकरण लागि प्रहरीले जिल्लाब्यापी अभियान सञ्चालन गरेको छ । स्थानीय तह र प्रहरीको सहकार्यमा हिलेसम्म बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका, त्रिवेणीगाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा आकस्मिक नम्वर सहित बाल बिवाह रोक्न घर–घरमा स्टिकर टाँस गरिएको छ ।

सल्यानमा रहेका ४६ हजार घर धुरीमा वालविवाह रोक्न जनचेतामूलक कार्यक्रम लिएर पुग्ने प्रहरीले जनाएको छ । सबै पक्षसँग समन्वय सहकार्य गरेर वालविवाह रोक्न लागेका छौ सल्यानका प्रहरी प्रमुख डिएस पी ढकेन्द्र खतिवडाले भन्नुभयो अहिले सम्म तीन जना पुरोहित र सातजना अभिभावकलाई कानुनी कार्वाही गरिएको छ ।

जिल्लामा क्रियाशिल पुरोहित तथा ज्योतिषले पनि बालविवाह कम गर्ने प्रतिवद्धता जनाएका छन् । शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको कार्यक्रममा सहभागि पुरोहित तथा ज्योतिषीले आफूहरूले २० वर्ष मुनीको उमेरमा गरिने बिहेमा सहभागि नहुने सामुहिक प्रतिबद्धता गरेको शारदा नगरपालिका–६ का टोपेन्द्रप्रसाद शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार ९४ जना पुरोहितहरुले सामुहिक प्रतिबद्धता जनाएका हुन् ।

स्थानीय तहमा निर्वाचित जनप्रतिनीधिले कम उमेरमा गरिने बिहे बहिस्कार गर्ने जनाएका छन् । बाल बिवाह रोक्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको छ । जनचेतना र कानुनी प्रक्रियासंग संगै अगाडी वढाउने गरी आफुहरु लागि परेको शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिनुभयो । उहाका अनुसार नगरभित्रका सवै जनप्रतिनीधि र कर्मचारीले कम उमेरमा गरिने बिहेको निम्तो अस्विकार गर्ने गरेकाछौ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?