logo
२०७६ माघ १२ आईतवार

पेस्तोल सहित दुई जना पक्राउ

समाज |


2020-01-15-7132


धनुषा, माघ १ गते । जनकनन्दनी गाउँपालिका ५ बरनझुल्लाबाट पेस्तोल १ थान र म्यागजिन १ थान सहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २६ वर्षीय दिपेश कुमार महतो र १९ वर्षीय शुभकेश महतो रहेका छन् ।

सोही ठाउँस्थित हतियार पड्काउदै हिँडेको भन्‍ने सूचना प्राप्‍त हुनासाथ ईलाका प्रहरी कार्यालय खजुरी धनुषाबाट खटिएको प्रहरीले महतोको घरभन्दा करिब ५ सय मिटर पर आफ्नै आँपको बगैंचामा लुकाई छिपाई राखेको अवस्थामा उक्त पेस्तोल फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?