logo
२०८१ बैशाख १२ बुधवार



भारतको लज्जास्पद हारमा अष्ट्रेलियाको कीर्तिमानको चाङ्ग

पढ्नै पर्ने |
खेलकुद |


भारतको लज्जास्पद हारमा अष्ट्रेलियाको कीर्तिमानको चाङ्ग


एजेन्सी
काठमाडौं, माघ १ गते । भारत विरुद्धको पहिलो अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा अष्ट्रेलियाले दश विकेटको जित हात पार्यो । भारतले घरेलु मैदानमै बेहोरेको लज्जास्पद हार ऐतिहासिक रहन गयो ।
अन्तर्राष्ट्रिय एकदिवसिय खेलमा भारतले दश विकेटको हार बेहोरेको यो पाँचौं अवसर हो । घरेलु मैदानमा भने उसको यो दोस्रो दश विकेटको हार हो । यसअघि उसले घरेलु मैदान इडन गार्डेनमा सन् २००५ मा दक्षिण अफ्रिकासँग दश विकेटको हार बेहोरेको थियो ।
अष्ट्रेलियाको लागि पनि यो जित ऐतिहासिक रहन गयो । भारतलाई दश विकेटले हराउँदा अष्ट्रेलियाले पाँचौं पटक दश विकेटको जित हात पार्यो । बङ्लादेशलाई सन् २००७ को विश्वकप क्रिकेटमा दश विकेटले हराए यता अष्ट्रेलियाका लागि दश विकेटको यो पहिलो जित हो ।
अष्ट्रेलियाले बिना कुनै विकेटको क्षतिमा पछ्याएको यो अहिलेसम्मकै सबैभन्दा ठूलो लक्ष्य हो । दक्षिण अफ्रिकाले यसअघि बङलादेशले प्रस्तुत गरेको २७९ रनको लक्ष्य बिना कुनै विकेटको क्षतिमा पुरा गरेर ऐतिहासिक कीर्तिमान बनाएको छ । सन् २०१७ को उक्त खेलमा दक्षिण अफ्रिकाले बिना कुनै विकेटको क्षतिमा अहिलेसम्मकै ठूलो लक्ष्य पछ्याएको जित हो ।
अष्ट्रेलियाका लागि देवीड वार्नर र आरोन फिञ्चले २५८ रनको अविजित साझेदारी गर्नुभयो । जुन भारत विरुद्ध अष्ट्रेलियाको कुनै विकेटको लागि अहिलेसम्मकै उच्च साझेदारी हो । यसअघि जर्ज बैली र स्टिभ स्मिथले सन् २०१६ मा पर्थमा भारत विरुद्ध नै २४२ रनको साझेदारी गर्नुभएको थियो ।
वार्नर र फिञ्चले गर्नुभएको २५८ रनको साझेदारी भारतमा अहिलेसम्मकै सबैभन्दा ठूलो साझेदारी हो । यसअघि गैरी कस्र्टन र हर्सेल गिब्सले सन् २००० मा कोचीमा जोडदा भारतमा अहिलेसम्मकै उच्च साझेदारी थियो ।
अष्ट्रेलियाका दुबै जना ओपनर ब्याट्सम्यानले शतक लगाउनुभएको यो दोस्रो अवसर हो । यसअघि एडम गिलक्रिष्ट र साइमन कैटिचले श्रीलङ्का विरुद्ध सन् २००६ मा शतक लगाउनुभएको थियो । भारत विरुद्ध भने विपक्षी टोलीका दुबै ओपनर ब्याट्सम्यानले शतक लगाएको यो पहिलो अवसर हो ।
भारत र अष्ट्रेलियाबीचको पहिलो एकदिवसिय खेलमा भारतले प्रस्तुत गरेको २५६ रनको लक्ष्य अष्ट्रेलिया बिना कुनै विकेटको क्षतिमा २५८ रन बनाएर पुरा गर्यो ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?