logo
२०८० चैत्र १५ बिहीवार



हुम्लाको चुलीको तेल काठमाडौँमा

प्रदेश |


हुम्लाको चुलीको तेल काठमाडौँमा
तस्बीरः काठमाडौं पुगेको हुम्लाको सुगन्धित चुलीको तेल / राजन रावत


राजन रावत

सिमकोट माघ १ गते । बहुउपयोगी हुम्लाको चुलीको तेल काठमाडौँमा बिक्रीका लागि पुगेको छ । उक्त तेलको बजार काठमाडौँमा राम्रो भएपछि स्थानीयले हवाई ढुवानी गरेर काठमाडौँ पुर्याएका हुन ।

हुम्लामा चुलीका यिबा संकलन गरि तेल प्रशोधन गरेर चार क्वीन्टल तेल हवाई ढुवानी गरि काठमाडौँ पुर्याएको सिमकोट गाउँपालिका वडा नम्बर २ का गोरसिंह बोहराले बताउनुभयो । प्रति केजी एक हजार रुपियाँमा सो तेल बिक्री गर्दा चार लाख रुपियाँ कमाई भएको उहाँले बताउनुभयो । चुली आरु प्रजातिमा पर्ने हिमाली फल हो । यसको बाहिरी बोक्रा फलका रुपमा खान मिल्छ ।

भित्रको ओखरको जस्तै हड्डी दाउराको काम गर्छ भने बियाबाट तेल निस्कन्छ । पहिले यो तेललाई घरयासी प्रयोग गरिदै आएको भएपनि पछि यसको अध्ययन गर्दा कस्मेटिक र मालिसको काम गर्ने कुरा पत्ता लागे पछि काठमाडौं सप्लाई हुन थालेको बोहराले बताउनु भयो ।

साढे छ क्वीन्टल चुलीको तेल यसपाली काठमाडौं पठाउनु भएकी हिमाली तेल प्रशोधन उद्योगकी सञ्चालक कल्पना रावत विगत सात बर्षदेखी यसको ब्यापार गर्दै आउनु भएको छ । साढे छ लाख नगद पहिलो लटमा कमाई गर्नु भएकी रावतले अब फेरी दोस्रो लट पनि तेल लैजाने तयारी गरि रहेको बताउनुभयो । त्यति नै परिमाणमा हुम्लामा फेरी तेल प्रशोधन गर्ने तयारी गरि रहेको उहाँले बताउनुभयो । यस बर्ष १३ लाख रुपियाँ चुलीको तेलबाट कमाई गर्ने रावतले बताउनुभयो । अन्य आधा दर्जन हुम्ला बासीले यो तेल र बियाको ब्यापार गर्दै आउनु भएको छ ।

पहिलो कुरा चुलीको तेल मसाज तथा ब्यक्ति आफैले जिउ दुखेमा मालिस गर्न पनि सक्ने र दोस्रो कस्मेटिकका सामान तयारी गर्न यो तेललाई कच्चा पदार्थका रुपमा प्रयोग हुने गरेको हिमालय बायो ट्रेडका निर्देशक खिलेन्द्र गुरुङले बताउनुभयो । यो तेल जर्मन र फ्रान्स जाने र त्यताबाट विभिन्न कस्मेटिकका सामान उत्पादन भएर नेपाल आउने उहाँले बताउनुभयो । यसबाट बन्ने क्रिम मानिसको अनुहार गोह्रो बनाउन उपयोगी हुने उहाँले बताउनुभयो । हुम्ला जिल्ला नेपालका हिमाली जिल्ला मध्य सबै भन्दा बढी चुली फल्ने जिल्ला हो । त्यसै खेर जाने चुलीलाई उपयोगमा ल्याएर आम्दानी हुने थालेको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?