logo
२०८० चैत्र १६ शुक्रवार



मकर स्नानका लागि कन्काईमा दुई लाख भक्तजन

पढ्नै पर्ने |


मकर स्नानका लागि कन्काईमा दुई लाख भक्तजन
फाईल तस्बीर


विष्णुप्रसाद पोखरेल
दमक, माघ १ गते । पुर्वी नेपालको सवैभन्दा ठुलो माघे संक्रान्ति (मकर)मेलामा कडा सुरक्षा ब्यवस्था मिलाईएको बताईएको छ । बुधबार विहानैदेखि शिवसताक्षी नगरपालिका र कन्काइ नगरपालिकाको बीच भएर बग्ने कन्काइ नदीमा भक्तजनको घुँइचो रहेपछि जिल्ला प्रहरी कार्यालय झापाले ब्यापक रुपमा प्रहरी परिचालन गरेको छ ।

मकर स्नानका लागि कन्काईमा स्वदेश तथा विदेशबाट करिब २ लाख भक्तजन आउने गरेको जनाईएको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख कृष्णराज कोइरालाका अनुसार अत्यन्त भिड हुने भएकाले सुरक्षाका लागि चौबिसै घण्टा सिसि क्यामेराबाट समेत भिडलाई निगरानी गरिएको छ । मंगलवार विहानैदेखि शुक्रबारसम्म तीनदिनसम्म बिभिन्न २० ठाँउमा सिसि क्यामेराबाट निगरानी शुरु गरिएको उहाँले जनाउनु भयो ।

भिडले पुलमा आवतजावत समस्या नहोस भनेर कन्काइ पुल र आसपासमामात्र ३ सय प्रहरी परिचालन गरिएको कोइरालाले बताउनु भएको छ । यसका साथै कन्काइ नदी नजिकै रहेका पर्यटकीय स्थल दोमुखा र फनपार्क अर्थात सेल्फि डाँडामा समेत प्रहरी परिचालन भएको जिल्ला प्रहरी कार्यालय झापाको भनाइ छ । स्वदेशी तथा विदेशी सबैलाइ धार्मिक पर्यटकको रुपमा हेरेर सुरक्षा मिलाएको छौ, कोइरालाले भन्नुभयो । झापाका प्रमुख जिल्ला अधिकारी उदय रानामगरका अनुसार सबै सुरक्षा संयन्त्रहरु परिचालित भएकाछन् । पुर्वी नेपालकै सबैभन्दा ठुलो धार्मिक मेलाको रुपमा समेत कन्काइ मेला रहने गरेकाले यहाँ कुनै पनि अप्रीय घटना नहोस भनेर स्थानीय सरकारसंग समन्वय गरेर सोहि अनुसारको सुरक्षा बन्दोबस्त मिलाईएको उहाँले बताउनु भयो । कन्काइ पुलभन्दा तलबाट पैदलयात्रुलाई नदी वारपारको ब्यवस्था मिलाईएको पनि मगरले जानकारी दिनु भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?