logo
२०८० चैत्र १६ शुक्रवार

 का कौवा का मेरो सेलपुरी खाँ



सुदूरपश्चिममा ‘नरहरी पर्व’

पढ्नै पर्ने |


सुदूरपश्चिममा ‘नरहरी पर्व’


गोकर्ण दयाल
बैतडी, माघ १ गते । कागलाई सेल रोटी दिएर आज सुदूरपश्चिममा नरहरी पर्व मनाईदै छ । माघे संक्रान्तिको दिन बिहानै कागलाई सेलरोटी दिएर नहरी पर्व मनाउने चलन रहेको छ । घर नजिक काग आएर अतिथि र पाहुना आउने सन्देश दिन्छ भन्ने मान्यता अनुसार माघ १ गतेको बिहानपख नरहरीको उपलक्ष्यमा कागलाई मीठो खानेकुरा दिने चलन रहेको छ । माघ १ गतेका दिन बिहान घर परिवारका सबै सदस्यले नजिकको कुवामा नुहाएर केटा केटीहरुले बिहानै “का कौवा का मेरो सेलपुरी खा ! ” भन्दै घरको धुरीमा सेल पुरी राखेर कागलाई बोलाउने चलन रहेको छ ।

माघ महिनालाई महात्म्य महिनाका रुपमा मनाउने चलन अनुसार सुदूरपश्चिममा माघ पहिलो दिनलाई नरहरी पर्वका रुपमा मनाउने चलन रहेको संस्कृतिका ज्ञाता चन्द्रमोहन तिवारीले बताउनुभयो । वीरेन्द्र माध्यमिक विद्यालयका नेपाली विषयमा शिक्षक समेत रहनु भएका तवारीले सूर्य मकर राशीमा प्रवेश गर्ने भएकोले नरहरी पर्वदेखि धार्मिक कृत्य, दान दातव्य दिने चलन रहेको बताउनुभयो ।

नरहरी पर्वमा तरुल, तिल र सखरका परिकार समेत खाने चलन रहेको छ । तिल र सखर खाँदा जाडोमा शरीरलाई उर्जा दिने भएकोले यस्तो खानेकुरा खाने चलन रहेको तिवारीले बताउनुभयो । माघ महिनालाई धार्मिक महिनाका रुपमा मनाउने चलन भएकोले यो माघ महिनाभरि साकाहारी भोजन गर्दै नजिकको तिर्थस्थलमा नुहाउने चलन रहेको स्थानीय केशव भट्टले बताउनुभयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?