logo
२०८० चैत्र १६ शुक्रवार



छ लाख पर्ने बाइकको मूल्य तीन लाख, चोरीको बाइकमा नक्कली ब्लूबुक !

पढ्नै पर्ने |
खुला |


छ लाख पर्ने बाइकको मूल्य तीन लाख, चोरीको बाइकमा नक्कली ब्लूबुक !


केशवराज पौडेल

काठमाडौ,पुस २८ गते । केटिएम डुक २५० सिसीको बाइकको मूल्य बजारमा यतीबेला पाँच लाख ८९ हजार पर्छ । सोही बाइक बिलबुक सहित तीन लाख रुपैयामा पाउनुहुन्छ भने त्यो खरिद गर्नुहुन्छ की हुँदैन । त्यस्तै फन्दामा परे काभ्रे बनेपाका कुन्दन ढुंगाना । चीनजानको साथीले ६ लाख मूल्य पर्ने केटिएम डुक बाइक तीन लाखमै पाउने भनेपछि उनले आँखा चिम्लिएर तीन लाख तिरेर बाइक किने । उनले तीन लाखमा पाएको बाइकको नम्बर थियो बा ९८ प ५८७ । ढुंगानाले पुसको अन्तिम साता बाइक पास गर्ने योजना बनाएका थिए । सस्तो दाममा बाइक पाएपछि उनले तीन लाख रुपियाँ बाइक किनाउने कुन्साङ लामालाई तीन लाख बुझाए ।

प्रहरीले बनेपामा सस्तो मूल्यमा मंहगो मोटरसाइकल किनबेच भएको सूचना पाइसकेको थियो । कुन्दनले डुक बाइक तीन लाखमा पाएको सूचनालाई पछ्याउँदै इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमल्सिना ग्राहक बनेर बनेपाको सस्तो बाइक पाउने ठाउँमा पुगे । उनले केही बाइक हेरे र अन्त्यमा कुन्दनलाई नियन्त्रणमा लिए भने उनको ब्लूबुक जफत गरे । प्रहरीले काभ्रेमा तीन लाखमै नयाँ केटिएम डुक बाइकको किनबेच भैरहेको सुनेपछि सुरुमा पत्ताएन । यती महङ्गो मोटरसाइकल कसरी त्यती सस्तो मूल्यमा पाइएला भनेर उसले अनुसन्धान अघि बढायो । प्रहरीले नियन्त्रणमा लिएको ब्लूकबुकको सहायतले प्रहरीले मोटरसाइकल चोरको भन्ने पत्ता लगायो । तीन लाखमा मोटरसाइकल किन्ने काभ्रेपलाञ्चोक बनेपाका कुन्दन ढुंङ्गानालाई प्रहरीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएका कुन्दनसँग दुरुस्त मिल्ने बिलबुक पनि थियो । कुन्दनले आफूले यातायात व्यवस्था विभागमा गएर सो बाइक केही दिनमा पास गर्ने आश्वासन पाएको सुनाएपछि प्रहरीले मोटरसाइकल किन्ने कुन्दन र किनाउने काभ्रे तेमालका कुन्साङ लामालाई नियन्त्रणमा लिएर अनुसन्धानलाई अघि बढायो ।

तीन लाखमा किनेको बाइकको बिलबुक यातायात व्यवस्था विभागमा भिडाउँदा नक्कली प्रमाणित भयो । त्यसपछि खुल्लो आधा मूल्यमा बाइक पाउनुको रहस्य । केही महिनाअघि काठमाडौंको लक्ष्मी श्रेष्ठले खरिद गर्नुभएको मोटरसाईकल हराएपछि उहाँले एभरेष्ट इन्सोरेन्सबाट बीमा रकम पाइसक्नु भएको खुल्यो । त्यो बाइकको वास्तविक नम्बर भने प्रदेश ३–०२–००६ प ९१३७ रहेछ । काठमाडौंबाट बाइक हराएपछि उहाँहरुले आवश्यक प्रकृया पुरा गरेर बीमा रकम समेत भुक्तानी पाउनु भएको रहेछ ।

केटिएम डुक मोटरसाइकल खरिदमा मध्यस्तताको भुमिका खेलाउने काभ्रेका कुन्साङलाई प्रहरीले सोधपुछ गर्दा सो बाइक काभ्रे तेमाल–९ का धावा तामाङ र धनबहादुर तामाङले चोरी गरेका रहेछन् । कुन्साङलाई प्रहरीले नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा मुद्धा चलाएको छ भने धावा तामाङ र धनबहादुर तामाङ केन्द्रीय कारागार डिल्लीबजारमा मोटरसाइकल चोरीकै अपराधमा सजाय भोगिरहेका छन् । काभ्रेमा एक सयको हाराहारीमा नक्कली ब्लू बुक बनाएर चोरीको बाइक दौडिने गरेको अनुमान स्थानीयको छ ।

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?