logo
२०८१ बैशाख १३ बिहीवार

  मौसम र भूगोलले निम्त्याएको संकट 



एक जनाको ४२ हजार तिरेर सिमकोट झरे ब्यापारी

पढ्नै पर्ने |
प्रदेश |


एक जनाको ४२ हजार तिरेर सिमकोट झरे ब्यापारी


राजन रावत
सिमकोट पुस १३ गते । ताक्लाकोटमा ब्यापार ब्यबसाय गर्दै आउनु भएका ४० जना ब्यापारीले हेलिकोप्टर रिजर्भ गरि सिमकोट उत्रनु भएको छ । ताक्लाकोटबाट हिल्सा हुँदै सिमकोट आाउने पाँच हजार मिटर अग्लो नारा लेकमा हिमपातले बोटो बन्द भएपछि ब्यापारीहरु सबै मिलेर हेलिकोप्टर रिजर्भ गर्न बाध्य हुनुभएको हो ।
बर्ष भरि चीनको ताक्लाकोटमा ब्यापार गर्नु भएका ब्यापारी पेमा जिक्मेत तामाङले जिल्लामा आउने कुनै बिकल्प नभए पछि सिधै काठमाडौंबाट हेलिकोप्टर डाकेर सिमकोट उत्रिएको बताउनुभयो । उता बस्न पनि नमिल्ने भएपछि सबै ब्यापारी मिलेर हेलिकोप्टरको ब्यबस्था गरिएको उहाँले बताउनुभयो । खर्च त्यस्तै हो, आफ्नो जिल्लामा आउन पाएको ब्यापारीहरुले बताउनु भएको छ ।
ताक्लाकोटमा रहँदै आएका ४० जना ब्यापारीहरु हेलिकोप्टर बाट सिमकोट आउनु भएको होटेल ब्यबसायी बिजय लामाले बताउनुभयो । सिम्रक एयरको हेलिकोप्टरबाट ताक्लाकोटमा रहदै आएका ब्यापारीहरुलाई हिल्साबाट ओसारिएको उहाँले बताउनु भयो । एक फ्लाईटमा पाँच जनाका दरले चालीस जनाका लागि आठ पटक हेलिकोप्टरले सिमकोट हिल्सा गरेको थियो । यसका लागि ब्यापारीहरुले १७ लाख रुपियाँ खर्च गरेको लामाले बताउनुभयो ।
एक जना ब्यापारीको हेलिकोप्टर भाडा साँढे बयालिस हजार परेको छ । उक्त उडान गर्नका लागि हेलिकोप्टर एक रात सिमकोट बिमान स्थलमा नाईट स्टे बसेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?