logo
२०८० चैत्र १५ बिहीवार

 खुला दिसामुक्त क्षेत्र कागजमै सीमित 

 



खुला दिसामुक्त जिल्लाको मुख्य बजारमा नै छैन सार्वजनिक शौचालय

पढ्नै पर्ने |
प्रदेश |


खुला दिसामुक्त जिल्लाको मुख्य बजारमा नै छैन सार्वजनिक शौचालय


ध्यान कुलुङ

सङ्खुवासभा, पुष १३ गते । अहिले सिंगो देश नै खुल्ला दिसामुक्त घोषणा गरिसकिएको छ । सङ्खुवासभालाई एक बर्ष अघि नै खुल्ला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो ।

तर, जिल्लाको सदरमुकाम खाँदबारी बजारमा कतै पनि सार्वजनिक शौचालय छैन । जिल्लाको मुटु समेत मानिने खाँदबारी बजारमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट बजार आएकाहरुले समस्या भोग्दै आएका छन् । बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुँदा गाउँबाट सामान खरिद विक्रि गर्न आउनेहरुले शौंच गर्न नपाएको गुनासो गर्ने गरेका छन् ।

बजार क्षेत्रमा रहेकै बेला शौंच गर्नु परे खुल्ला ठाउँमा नै गर्नुको विकल्प नरहेको उनीहरु बताउछन् । बजारमा शौंच आईहाले बास बसेको होटल वा कोठा पुग्ने सम्भावना नभएकोले धेरै मानिसहरु शान्त ठाउँ खोजेर विसर्जन गर्ने गरेको सभापोखरीबाट खाँदबारी आउनुभएका खबरमान राईको भनाई छ । ‘बजार क्षेत्रका घर, पसलहरुको शौचालय जान खोज्दा घरधनीले दिदैनन्, मानिसहरु कम भएका ठाउँमा गएर शौंच गर्नुपर्छ’, राईले भन्नुभयो ।

खाँदबारीको मुख्य बजार क्षेत्र नयाँ बजारदेखि प्रहरी कार्यालयसम्म कतै पनि सार्वजनिक शौचालय छैन । सनिबारे हटिया लाग्ने टुँडीखेलमा एउटा सानो शौचालय बनाईएको भएपनि त्यो प्रयोग बिहिन जस्तै छ । उक्त शौचालयमा पानी नभएपछि शौचालय हुनुको कुनै अर्थ नरहेको स्थानीय बताउछन् । उक्त टुँडीखेल भन्दा केही तल रहेको बसपार्क क्षेत्रमा पनि सार्वजनिक शौचालय छैन । दैनिक हजारौको जमघट हुने बसपार्कमा सौचालय नहुँदा यात्रु र स्थानीयले समस्या भोग्दै आएका छन् । सवारी साधनबाट घण्टौको यात्रा गरेर खाँदबारी बसपार्कमा ओर्लिएपछि शौचालय नहुँदा निक्कै पिडा भोग्नु परेको यात्रुहरु बताउछन् । बसपार्क क्षेत्रमा यात्रुहरुले सौचालय सोध्दा ‘नजवाफ’ बन्नु परेको बसपार्क काउण्टरका कर्मचारीहरु बताउछन् ।

जिल्लाको मुख्य बजार खाँदबारीमा कमसेकम दुई स्थानमा शौचालय निर्माण गरिए धेरैलाई राहत मिल्ने नागरिकहरुको भनाई छ । बसपार्क क्षेत्र र पोखरी बजार क्षेत्रमा मात्र भएपनि सार्वजनिक सौचालय सम्बन्धीत निकायले निर्माण गरे सर्वसाधारण नागरिकहरुलाई सहज पर्ने भोजपुरबाट खाँदबारी बजार आउनुभएका लिलाराम राईको भनाई छ । लामो ईतिहास बोकेको खाँदबारी बजारमा अहिलेसम्म पनि कुनै सार्वजनिक सौचालय नहुनु लज्जाको विषय बनेको राईको ठहर छ ।

नगर क्षेत्रभित्र सार्वजनिक शौचालय र स्वाच्छ खानेपानीको ब्यवस्था गर्न नगरपालिकालाई पटक पटक ध्यानाकर्षण गराएको भएपनि अहिलेसम्मा ब्यावहारमा नदेखिएको जिल्ला समन्वय समितिका प्रमुख सुमन शाक्यले बताउनुभयो । यस विषयमा नगरपालिकाका उपप्रमुख डेगेश्वरी श्रेष्ठसँग कुरा गर्दा सार्वजनिक ्शौचालय आफुहरुको प्राथमिकतामा रहेको बताउनुभयो । स्रोत जुटाएर नगरपालिका भित्र जमघट बढी हुने क्षेत्रमा सार्वजनिक शौचालय निर्माण गर्ने योजना रहेको उहाँले जानकारी दिनुभयो । खाँदबारी नगरपालिकाको यस बर्षको बजेटमा पनि शौचालय निर्माण सम्बन्धी बजेट छैन ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?