logo
२०८१ बैशाख ११ मंगलवार

 विष्फोट अपडेट 



मध्यरातमा ढोकामा झुण्डाइएको झोला खोल्दा विष्फोट

पढ्नै पर्ने |


मध्यरातमा ढोकामा झुण्डाइएको झोला खोल्दा विष्फोट


धर्बेन्द्र झा

जनकपुरधाम मङ्सिर २८ गते । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ महेन्द्रनगरमा गए राती करिब १२ं.०० बजे तिर बम विस्फोट हुँदा तीन जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन् ।

घरधनी राजेश साहले राति पिसाप फेर्न उठेको बेला घरको मुलद्वारमा एउटा झोला झुण्डिएको देखेपछि प्रहरीलाई खबर गर्नुभएको थियो । खबर पाउना साथ इलाका प्रहरी कार्यालय महेन्द्रनगरबवाट प्रहरी निरीक्षक अमितकुमार दाहाल सहितको टोली घटना स्थल पुग्यो । घटनास्थलको समान्य अवलोकन पक्षि त्यो झोला खोलेर हेर्दा विष्फोट भएको स्थानीयको भनाइ छ ।

मृतक साह औषधि व्यबसायी र उनी स्थानीयलाई ऋण उपलब्ध गराउने गर्दै आएको स्थानीयको भनाइ छ ।
मृतक मध्ये क्षीरेश्वरनाथ नगरपालिका वडा नं. ५ का ४७ वर्षिय राजेश साह र उनका २४ वर्षिय छोरा आन्नद साहको उपचारका लागि प्रादेशिक अस्पताल लगिदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

विस्फोटमा घाइते भएका इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अमितकुमार दाहालको उपचारको क्रममा धरानमा मृत्यु भएको धनुषाका प्रहरी उपरिक्षक शेखर खनालले जानकारी दिनु भयो ।प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरवाट नजिकै पर्ने धनुषाको महेन्द्रनगरमा औषपध व्यवसाय गरी बसिरहेका राजेश साहको घरमा बम विस्फोट भएको हो ।

सो विस्फोटमा परी स्थानीय अंदाजी ४७ बर्षिय राजेश साह र उनका छोरा अन्दाजी बर्ष २५ का आनन्द साहलाई प्रादेशिक अस्पताल जनकपुर ल्याउदा चिकित्सकले मृत घोषणा गरेको थियो ।

सो बम विस्फोटमा परी ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी जवान वैजनाथ महतो, मृत्क राजेशका १९ वर्षीय छोरी अंजली र १५ वर्षीय अर्का छोरा प्रकाश पनि गंभीर घाईते भएको प्रहरीले जनाएको । घाइते अंजलीको बाया खुट्टामा र प्रकाशको दाया खुट्टामा गम्भिर चोट लागेको बताइएको छ । घाइतेहरूको विपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको जनाइएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

याे पनि पढ्नुहाेस

बम बिस्फोटनमा २ को मृत्यु, प्रहरी निरीक्षक सहित पाँच घाइते

विष्फोटमा घाइते प्रहरी निरीक्षकको मृत्यु, मृत्यु हुनेकाे संख्या तीन

 

 

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो?